
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेलमा विभागीय टोली आर्मीले पुरुष र महिलातर्फ दोहोरो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले बागमती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो । आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे ।
पुरुष ह्याण्डबलः एपीएफको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ह्याण्डबलको तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएपले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ मा रहेको एपीएफले लुम्बिनी प्रदेशमाथि ३६–१३ ले जित निकालेको हो। जितसँगै एपीएफले महत्वपूर्ण ३ अंक बटुलेको छ। एपीएफका लागि सन्दीप कार्कीले सर्वाधिक ९ गोल गरे। त्यस्तै, लुम्बिनी प्रदेशका शरण थापाले पनि सर्वाधिक ९ गोल गरे ।
महिला ह्याण्डबलतर्फ प्रदेश १ विजयी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु ह्याण्डबल खेलमा महिलातर्फ पहिलो खेलमा प्रदेश–१ ले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई २६–४ को फरक अन्तरले जित हात पारेको हो। जितसँगै प्रदेश–१ ले महत्वपूर्ण ३ अंक बटुलेको छ । उक्त खेलमा प्रदेश–१ की उज्जवल राईले सर्वाधिक ९ र कर्णालीको टिमबाट संगीता सिंहले सर्वाधिक २ गोल गरे ।
महिलातर्फ आर्मीको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु ह्याण्डबल खेलमा महिलातर्फ विभागीय आर्मीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘बी’ आर्मीले मधेश प्रदेशमाथि ४६–२ को फराकिलो गोलअन्तरले जित निकाल्यो। जितसँगै आर्मीले महत्वपूर्ण ३ अंक बटुलेको छ । आर्मीकी शान्तिकला राईले सर्वाधिक १४ गोल गरिन् ।

yesto pani national game huncha, APF,Army ra Gandaki bahek aru le Handball jindagibhar nakhele huncha, laajmardo….yesari Handball khelko bikas kaile hola Handball kaa padhadhikaariharu Rajinamaa deo… Departmental team le dhaneko cha Handball , jilla sangh, pardesh sangh khaarej garda huncha