
पोखरा स्पोर्टस । स्याङजा जिल्ला पुतलीबजार वडा नं ९ स्थित सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौडको उपाधि नेपाल आर्मीका करुण रावलले जितेका छन् । सात सय कोल्मा सम्पर्क मञ्चद्वारा आयोजित पाँचौ संस्करणको खुल्ला २५ किमि क्रस कन्ट्रि दौड १ घन्टा २७ मिनेट ५२ सेकेण्डमा पुरा गर्दै करुणले उपाधि जितेका हुन् । उपाधि संगै उनले नगद ५० हजार समेत हात पारे ।

यसै गरी सो दौडमा आर्मीकै टंक बहादुर कार्की दोस्रो भएका छन् । उनले १ घन्टा ३२ मिनेट ९ सेकेण्डमा दौड पुरा गरे । उनले नगद रु ४० हजार प्राप्त गर्दा रमेश लिम्बुले १ घन्टा ३२ मिनेट ५६ सेकेण्डमा दौड पुरा गरी तेस्रो भए । उनले नगद रु ३० हजार प्राप्त गरे ।
यस्तै पुरुष १० किमि दौडमा सनम गुरुङ पहिलो भए भने रुद्र बुढाथोकी दोस्रो र अशोक बराम तेस्रो बने । त्यस्तै महिलातर्फ रविना बुढा मगर पहिलो र विमला मानन्धर दोस्रो भएका छन् । १० किमि पुरुष/महिला तर्फका बिजेता खेलाडीहरुले क्रमश नगद रु १५, १० र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
यसै गरी विद्यालय समुह दौडमा कोल्मा बहाकोट मावि पहिलो र दोस्रो हुँदा जनजागृती मावि तेस्रो हुन सफल भएको मञ्चका सल्लाहकार मन बहादुर थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद, पदक तथा मेडल वितरण गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले स्याङजा र तनहुँ जोड्ने संङ्गमको रुपमा कोल्मा बहाकोटलाई सांस्कृतिक र पर्यटकिय गन्तव्यको रुपमा अघि बढाउन प्रदेश सरकारले योजनाहरु अघि बढाउने बताउँदै यस प्रकारका सहाशिक खेलकुद कार्यक्रमहरुले समेत स्थानियहरुको आय आर्जन बढाउन सहयोग पुग्ने उल्लेख गरे ।
यस अघि उक्त प्रतियोगिताको उद्घाट प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले रिवन काटेर उद्घाटन गरेका थिए । यस्तै सदस्य सचिव शर्माले गण्डकी प्रदेशलाई खेलकुदमय बनाउन परिषदले सबै जिल्लाहरुमा यस प्रकारका गतिविधिहरुलाई सहयो गर्दै आएको जनाउँदै समुदायमा आधारित खेलकुद कार्यक्रमले सबैलाई जोड्ने कार्य गरेको बताए । उनले हरेक जिल्लामा हुने यस प्रकारका गतिविधिले खेलकुद चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै आयोजकको यो प्रयास महत्वपूर्ण रहेको बताउँदै प्रशंसा समेत ग
समापन कार्यक्रम मञ्चका अध्यक्ष सु.मे.दुत प्रसाद गुरुङको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा २ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको थियो ।
