एसियन गेम्स तयारीमा रहेको कबड्डी टोली महेन्द्रनगरतर्फ

पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोली आज थप तयारीका लागि मेहन्द्रनगरतर्फ प्रस्थान गरेको छ ।

बन्द प्रशिक्षणका लागि हिंडेको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा सोमबार शुभकामना सहित बिदाई गरेका हुन् । बिदाई गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताएका छन् । उनले यो प्रशिक्षण ९ औं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एसियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तरबृद्धिका लागि अध्ययन र अनुसन्धानलाई समेत महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिए ।

राष्ट्रिय खेलकुद परिषदले १९ औं एसियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्ने छ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक आजै त्यस तर्फ प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close