व्याडमिन्टन संघले आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय च्यालेन्ज’ रद्ध गर्न राखेपमा निवेदन

पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघको आयोजनामा  नेपालमा हुन लागेको  दोस्रो अन्तर्राष्ट्रिय च्यालेन्ज २०२४ रद्ध गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)मा निवेदन दिइएको छ ।

सामाजिक अभियान्ता युवराज सफलले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई निवेदन बुझाउँदै अवैधानिक नेपाल ब्याडमिन्टन संघले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यथासिघ्र रद्ध गर्न भनेका हुन् ।

राखेपमा बुझाइएको पत्रमा भनिएको छ–“राष्ट्रिय खेलकुद परिषदमा कानुन बमोजिम नविकरण नभएको र प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुको समेत सहभागिता हुने भएकोले अवैधानिक संघले आयोजना गर्ने उक्त प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा नै बेइज्जत हुने भएकोले कार्यक्रम स्थागित गर्न आग्रह गर्दछु ।”

त्यसै गरी –“अवैधानिक निकायले आयोजना गर्ने त्यस प्रकारका कार्यक्रममा कुनै आर्थिक सहयोग नर्गन साथै संस्था अवैधानिक बनाई करौडौं रुपैयाँ भ्रष्टचार गर्ने सो संस्थाको अभियानमा समेत साथ नदिन”,–निवेदनमा ध्यानकषर्ण गराइएको छ ।

यसका बिच उक्त प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

जसमा नेपाल सहित भारत, अमेरिका, थाईल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया, ईन्डोनेशिया, ईरान, ईटाली, युनाईटेड अवर ईमिरेट, जाम्बिया, युगाण्डा, ईङ्गल्याण्ड, न्यूजील्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापानका गरी कुल १ सय ७४ जना खेलाडी नेपाल आउने तय भएको र प्रतियोगिता सोमबारबाट सुरू हुने भनिएको छ ।

दर्ता नविकरण हुन नसकी अवैधानिक भनिएको नेपाल ब्याडमिन्टन संघले कृषी विकास बैंक त्रिपुरेश्वर शाखामा विदेशी खेलाडीहरुको दर्ता रकम जम्मा गरेको छ । राखेपमा नविकरण हुन नसकी अवैधानिक रहेको खेल संघको बैंक खाता कसरी सक्रिय रह्यो त्यो भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close