कास्कीको तोल्कामा भलिबल प्रतियोगिता जारी

पोखरा, १६ कात्र्तिक ।
कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउँ तोल्कामा गत १४ गते देखी जारी साबिक वडास्तरिय भलिबल प्रतियोगितामा बिहिबार ६ खेल सम्पन्न भएका छन । देउराली युवा क्लबको आयोजनामा शुक्रबार सम्पन्न पहिलो चरणको खेलबाट ल्वाङ्, भिचुक, धम्पुस हुदु, किम्चे र भिचुक टिम ए बिजयी भएको छ ।

हिमालय माबिको प्राङ्गणमा सम्पन्न पहिलो खेलमा आयोजक टिमलाई ल्वाङले २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रबेश ग¥यो । त्यस्तै दोस्रो खेलमा लान्दु्रक टिम “बि”लाई भिचुकले २–० को सोझो सेटमै हरायो । तेस्रो खेलमा धम्पुसले घलेललाई सोझो सेटमै पाखा लगाउदै दोस्रो चरणको लागि स्थान बनायो ।

प्रतियोगिताको चौथो खेलमा लुम्रेलाई २–० कै सोझो सेटले हुँदुले पराजित ग¥यो । पाँचौ खेलमा कोल्टे भट्टीलार्ई सोझो सेटमै किम्चे क्लबले हरायो । त्यस्तै शुत्रबार भएको अन्तिम खेलमा तिख्यानलाई भिचुक टिम “ए” ले २–० कै सोझो सेटले नै पाखा लगाउदै अघिल्लो चरणमा प्रबेश गरेको कार्यक्रम सञ्चालक तथा युवा समाजसेवी भरत गुरुङले जानकारी दिए ।

उनका अनुसार पुरुष भलिबल तर्फका बजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्रदान गरिनेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु २५ हजार हात पार्नेछ । गुरुङले प्रतियोगितामा बिद्यागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट सेटर तथा उत्कृष्ट स्पाईकर बन्न सफल खेलाडी र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने समेत बताए ।

प्रतियोगितामा साबिक वडा स्तरिय पुरुष भलिबल तर्फ २५ र प्रौढ (३० बर्ष माथि) भलिबल प्रतियोगितातर्फ ५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close