
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता असार २२ गते पोखरामा हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताका लागि परिषदले तयारी सुरु गरेको हो । प्रतियोगिता सम्पन्न गर्न परिषदका सदस्य खगेन्द्र क्षेत्रीलाई जिम्मेवारी दिइएको प्रदेश खेलकुलद परिषदले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीतौल भन्दा माथी प्रतिस्पर्धा हुने छ भने खुल्लातर्फ मेन्स फिजिक र ओमेन्स वेलनेसको प्रतिस्पर्धा हुने भएको हो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप आयोजना हुन लागेको प्रतियोगिता तौल समुहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडी क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी मेन्स फिजिक खुल्लातर्फ समुहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडी क्रमश नगद रु १५ हजार, १० हजार र ७ हजार प्राप्त गर्नेछन् भने ओमेन्स वेलनेसतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडी क्रमश नगद रु १५ हजार, १० हजार र ७ हजार प्राप्त गर्ने परिषदले जनाएको छ ।
त्यसै गरी प्रतियोगितामा ओभरअल च्याम्पियन हुने खेलाडीले ट्रफीका साथमा नगद रु २५ हजार प्राप्त गर्ने भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ४० भन्दा वढि खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
