पुरुष भलिबलमा पुलिस र आर्मीबीच उपाधि भिडन्त पक्का

पोखरा, १० बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपाल पुलिस र आर्मीबीच पुरुष भलिबलको उपाधि भिडन्त पक्का भएको छ ।

खजुरा शुक्र भलिबल स्टेडियममा भएको पहिलो सेमिफाईनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२३,२५–१३,२०–२५ र २५–२० को सेटमा हराउदै फाईनल प्रवेश गरेको छ ।

पुरुषको दोश्रो प्रतिस्पधात्मक सेमिफाईनल खेलमा आर्मीले एपीएफमाथी १८–२५,२५–२२,३१–३३, २५–२१ र १५–११ को कठिन जित निकाल्दै चिरप्रतिद्वन्दी पुलिससँग फाईनल भेट पक्का गरेको छ ।

महिलातर्फ एपीएफ र प्रदेश ३ ले सोझो सेटमा जित निकाल्दै उपाधिका लागि प्रतिस्पर्धा गनेै भएका छन् । पहिलो सेमिफाईनलमा एपीएफले गण्डकी प्रदेशलाई २५–९,२५–१६ र २५–९ को सेटमा हराउदा प्रदेश ३ ले पुलिसलाई २५–२३,२५–११ र २५–१८ को सेटमा स्तब्ध बनायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close