पोखरा रंगशाला : कसले चोर्छ रंगशालाका शौचालयका धारा र टुटीहरु ?

पोखरा स्पोर्टस । देशकै ठूलो पोखरा रंगशालामा संरक्षण अभावका कारण दिनहुँ जसो चोरी बढ्दै गएको छ ।

पोखरा रंगशालामा सबै भन्दा ठूलो समस्या भनेकै शौचालयहरुको संरक्षणमा देखा परेको हो । प्रदेश खेलकुद परिषद गण्डकीले हालै मात्र निर्माण सम्पन्न गरेको शौचालयहरुका धारा समेत चोरी भएका छन् । खेलाडीहरुको सुविधालाई ध्यानमा राख्दै निर्माण गरिएको शौचालयहरुको धारा र टुटीहरु चोरिनु नियती नै बनेको छ यति बेला पोखरा रंगशालामा ।

परिषदले निर्माण गरेको शौचालयमा मात्रै नभई फुटबल स्टेडियम वरपर रहेका १७ वटा शौचालय, बहुउद्धेश्यिय कभर्डहल भित्रका सुविधा सम्पन्न शौचालयहरुका मंहगो पर्ने धारा र टुटिहरु टुट फुट र चोरी भएका छन् । शौचालयका धाराहरु चोरी भए पछि दैनिक जसो प्रशिक्षणमा आउने खेलाडीहरु समेत समस्या भोग्न थालेका छन् भने शौचालयहरु दुर्गन्धित हुन बनेका छन् ।

हालै मात्र आहा रारा पोखरा गोल्डकपका लागि सहारा क्लबले करिव २२ हजार खर्च गरेर पाँच वटा शौचालयका चोरिएका शौचालयहरुको धारा फेरेको सहारा क्लवका अध्यक्ष चित्र पुनले बताए । उनले भने–“हामीले पाँच वटा शौचालयहरु मात्रै प्रयोग गरेका थियौं । ति शौचालयहरुमा सबै धाराहरु नयाँ किन्यौं । तर हामीले फेरेका धारा समेत चोरी भए ।”

शौचालयको धारा चोरी मात्रै होइन हजारौं मुल्य पर्ने प्यानहरु समेत फुटाउने कार्यहरु हुँदै आएका छन् ।

नेपालमा संघियता आए पनि खेलकुदमा संघियताले छुन नसक्दा यस्तो नियती भोग्नु परेको खेलकर्मीहरुले बताउँदै आएका छन् । पोखरा रंगशालाको संरक्षण अभावहुनुमा समेत कमर्चचारीको अभावले पनि यस्तो भएको भनाई छ । सिमित कर्मचारीहरु र भएका कर्मचारी प्रायः व्यक्तिगत वा अन्य काममा व्यस्त हुनुले पनि संरक्षणमा ध्यान पुग्न नसकेको खेप्रेमीहरुको दुखेसो छ ।

राष्ट्रिय खेलकुद परिषदको संरक्षणमा रहेको पोखरा रंगशालाले प्रदेशलाई हस्तान्तरण नगर्दा संरक्षणमा समस्या आएको प्रदेश खेलकुद परिषदले गण्डकीले जनाएको छ ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close