
पोखरा स्पोर्टस । प्रादेशिक क्रिकेट संघ गण्डकीको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाको एक कार्यक्रमका बिच प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा क्रिकेटमा बढेको क्रेजका कारण प्रदेशमा समेत यसको विकास र प्रवर्द्धनका लागि सरकार प्रतिवद्ध रहेको जनाएका छन् । उनले भने–“अहिले क्रिकेटमा क्रेज बढेको छ । क्रेज संगै व्यवसायिक क्रिकेट अहिलेको महत्वपूर्ण विषय हो । हामी तीनै तहका सरकार मिलेर क्रिकेटको विकास अघि बढाउनु पर्छ भन्ने हाम्रो भनाई हो ।”


गण्डकी प्रदेश सरकार जहिले पनि खेलकुद विकास र खेलाडीहरुको आत्मबल बढाउने कार्यमा सक्रियता पूर्वक अघि बढेको बताउँदै मन्त्री थापाले भने–“सिमित स्रोत र साधनका बावजुद अहिले यहाँहरुले जसरी खेलको विकास गर्नु भएको छ । त्यो निकैं महत्वपूर्ण विषय हो । गण्डकी प्रदेश सरकार यसको प्रशंसा गर्न चाहन्छ ।”
गण्डकीलाई क्रिकेट हवको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकार अघि बढेको बताउँदै अन्तर्राष्ट्रिय र प्रदेस्तरका खेल मैदान निर्माण प्रक्रिया अघि बढाउन समेत प्रदेश सरकार अघि बढेको बताउद्यै मन्त्री थापाले पोखरामा हुने खेलकुद गतिविधिले पोखरालाई खेलकुदको हव बनाउन र खेलकुदको माध्यमबाट प्रयटन प्रवर्द्धनमा समेत अहम भूमिका खेल्ने बताउँदे त्यसतर्फ प्रदेश सरकारले ध्यान दिने उल्लेख गरे ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले सन २०२७ मा नेपालमा हुने यू–१९ क्रिकेटका खेलहरु पोखरामा हुने गरी सो अनुरुपा खेल मैदान निर्माण अघि बढाउने विषयमा ध्यान केन्द्रित गरिएको बताए । उनले भने–“अन्तर्राष्ट्रिय क्रिकेटको नियम अनुसार कहाँ र कसरी कुन–कुन मैदान निर्माण गर्ने संगै अन्तर्राष्ट्रियस्तरकै खेल मैदान निर्माणका लागि जग्गा प्राप्ती गर्न सरकारले अध्ययन टोली गठन गरी प्रक्रिया अघि बढाएको छ ।”
प्रदेश खेलकुद परिषदले खेलाडीहरुको क्षमता बढाउन र प्रतिस्पर्धी बनाउनेका लागि खेल्छ गण्डकी कार्यक्रम मार्फत योजनावद्ध रुपमा अघि बढाएकोले महत्वपूर्ण प्रतिफल हाुिसल गरेको जनाउँदै सदस्य सचिब शर्माले महिला क्रिकेट खेलाडीहरुको उत्पादनका लागि समेत संघ संग सहकार्य गर्दै परिषद अघि बढेको बताए । उनले खेलकुदको क्षेत्रलाई सुशासन ल्याउन सकेमा मात्रै खेल क्षेत्रको विकास अघि बढने बताउँदै भने–“खेलकुदमा सुशासन महत्वपूर्ण विषय हो । संघहरुमा आर्थिक पारदर्शित र जवाफदेहिता आवश्यक्ता छ । संघहरु खेलकुद निति अनुसार बढ्न आवश्यक छ । परिषद प्रशासक र शाषक होइन । तर हामी खेलकुद क्षेत्रलाई सुशासनतर्फ अघि बढाउन अनुगमन गछौंं ।”
क्रिकेटले नेपाली खेलकुदमा दिशा निर्देश संगै क्रिकेटको विकासका लागि गतिशिल रुपमा अघि बढेको बताउँदै सदस्य सचिब शर्माले अधिवेशन र साधारण सभा नगर्ने संस्थाहरुलाई लेटरप्याड र छापको प्रयोगमा समेत निषेध गरिने बताए ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गण्डकीको क्रिकेटको विकास र पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानको स्त्तरोन्नतीका लागि आफ्नो पहल रहने जनाए ।
यसै गरी नेपाल क्रिकेृट संघका केन्द्रिय सदस्य सुदिप शर्माले क्रिकेटको विकास संगै व्यवसायीकरण आवश्यक रहेको औंल्याउँदै पोखरालाई स्पोर्टस टुरिजमको रुपमा अघि बढाउन क्रिकेटको भूमिका प्रमुख रहने दावी गरे । उनले भने–“क्रिकेटमा काठमाण्डौ पनि दोस्रो भेन्यूको रुपमा पोखरा रहेको छ । तर क्रिकेटले खोजे जस्तो पूर्वाघार यहाँ छैन । अव त्यो अवधारणामा यहाँको क्रिकेट पूर्वाधारको विकास आवश्यक छ ।” उनले सातै प्रदेशमा गण्डकी प्रादेशिक क्रिकेट संघ अव्वल रुपमा अघि बढेको बताउँदै प्रशंसा समेत गरे ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सिग्देलले आगामी कार्यक्रमका बारेमा जानकारी दिंदै खेलाडी उत्पादन र खेल पूर्वाधार मुख्य लक्ष्य भएको बताए ।
सो अवसरमा गण्डकीबाट एसिसी यू–१९ सहभागि नेपाली टिमका खेलाडी मध्ये अर्जुन कुमाल, सुवास भण्डारी, दिपक डुम्रे र गण्डकी टिमका कप्तान नेपाली ए टिमका सदस्य समेत रहेका विपिन खत्रीलई नगद १० हजारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा चितवनमा सम्पन्न मैयाँ देवी कप यू–१९ क्रिकेटमा उपिविजेता बन्न सफल टिमलाई नगद ८० हजार र बागमती कपमा सफलता हासिल गर्ने टिमका सदस्य, प्रशिक्षक, टिम म्यानेजर तथा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो ।
सोही अवसरमा आइसिसी लेभल २ प्रशिक्षक उर्तिण हुन सफल रिजन प्रजु, नेपालकै पहिलो महिला अम्पायर सोनिका थापा, कार्यालय सचिव बिजय राउतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रादेशिक क्रिकेट संघका सचिव सुमनराज कार्कीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिवाकर थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष सञ्जय कान्त सिग्देलद्वारा प्रस्तुत प्रतिवेदन
गण्डकी प्रदेशिक क्रिकेट संघको आर्थिक वर्ष २०८०/८१ को अध्यक्षको वार्षिक प्रतिवेदन
प्रमुख अतिथी ज्यू, केन्द्रिय संघ, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितीका आदरणीय प्रतिनिधी ज्यूहरु, संघका आदरणीय पुर्व अध्यक्ष ज्यू, अग्रज ब्यक्तित्वज्यूहरु, पदाधिकारी तथा क्रिकेट संघका कार्य समितिका सहकर्मी साथीहरु, जिल्ला प्रतिनिधीहरु र मिडियाकर्मी साथीहरु नमस्कार । प्रथमत आज यस सम्मानित सभा समक्ष प्रादेशिक क्रिकेट संघ गण्ढकीको नेत्रित्व गर्दै अध्यक्षिय प्रतिवेदन राख्न पाउँदा आफुलाई निकै गौरवान्वित महशुस गरेको छु ।पोखरामा क्रिकेट खेलको प्रबेश, विकास र विस्तारमा अग्रजले निभाउनु भएको भूमिका अहम छ । त्यसैलाई शिरोपर गर्दै क्रिकेटको विकासमा अग्रजकै पदचाप पछ्याउदै आएका छौं । यस क्षेत्रको क्रिकेट विकासका लागि तत्कालिन क्षेत्रिय क्रिकेट विकास समिती क्षेत्र नं. ४ भैरहवा देखि सकृय रहदै क्षेत्रिय क्रिकेट विकास समिती क्षेत्र नं. ८, पोखराको गठनमा संस्थापक सचिवको जिम्मेवारी लिइ गरेका संघर्षहरुको स्मरण गर्न चाहान्छु । देशमा संघियता लागु भए संगै नेपाल क्रिकेट संघको संसोधित विधानले तत्कालिन क्षेत्रिय क्रिकेट विकास समितीहरु विघटन गरी प्रदेश स्तरीय संघहरुको ब्यवस्था गरे अनुरुप क्षेत्र नं. ८,पोखराका सदस्य जिल्लाहरु प्रदेश संरचना अनुुसार कास्की, स्याङ्गजा, तनहुँ र नवलपुर सहित गण्डकी प्रादेशिक क्रिकेटको स्थापना भएको हो र राष्ट्रिय खेलकुद ऐन २०७७ संग समायोजन गर्न अघिल्लो वर्ष नेपाल क्रिकेट संघको सुर्खेतमा सम्पन्न साधारण सभाबाट पर्वत र बाग्लुङ्गले मान्यता प्राप्त गरे संगै सम्पन्न प्रादेशिक क्रिकेट संघको दोश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट मलाई सर्वसम्मत अध्यक्ष चयन गर्नुहुने यहाँहरु सम्पूर्णमा हार्दिक नमन ब्यक्त गर्दै यहाँहरुले दिनु भएको जिम्मेवारीमा इमान्दार रही मेरो प्रतिबद्धता, अनुसासन र समर्पण प्रती अडिक छु ।
संघको इतिहास क्षेत्र नं. ८ लाई समेत जोड्दा करिव करिब डेढ दशकको छ । क्षेत्रको स्थापनासँगै क्रिकेट होमिएका अग्रजहरुका साथै स्थापनामा महत्वपूर्ण योगदान दिने संस्थापक डा. विरेन्द्र सिंह गुरुङ्ग र तत्कालिन नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे र प्रदेश संरचनालाई संस्थागत गर्न अमुल्य सहयोग गर्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दलाई सादुवाद व्यक्त गर्दै परिस्थितीले प्रदेश संरचनामा गएपछीको पहिलो साधारण सभा तथा अधिवेशन मेरै अध्यक्षतामा बसी निर्वाचित अध्यक्ष देवेन्द्र प्रजू र संघर्षको चरणमा उकाली ओराली आरोह अवरोध पार गर्दै बर्तमान प्रदेश संघको अवस्थासम्म आईपुग्दा योगदान दिने सम्पुर्णमा नमन ब्यक्त गर्न गर्दछु ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकुदको राजधानी बनाउने अग्रजको अथक चाहना थियो । यसै विच पोखरा नेपालको पर्यटनको राजधानी घोषणा भयो । त्यसैले अबको बाटो पोखरालाई खेल पर्यटनको शहरको रुपमा स्थापित गर्नु हो । पर्यटकीय नगरी पोखरा खेलकुदको लागि पनि अब्बल छ । खेलकुद क्षेत्रबाट नेपाललाई विश्वभर नया परिचय दिन क्रिकेट खेलले ठूलो भुमिका निर्वाह गरेको छ । शिखरमा रहेको नेपाली क्रिकेट खेलको लोकप्रियता ल्एी आयोजनाले थप चुलिदो छ । यो खेलको आकर्षणमा, बिकासको लागी महत्वपूर्ण संरचना निर्माण गर्ने विशेष दायित्व सरकारको हो । गण्डकी प्रदेशको एकमात्र मैदान पोखरा रंगशाला क्रिकेट मैदानलाइ ब्यबस्थित गरि खेल पर्यटनको प्रबर्धनमा हामी सबैको साथ र सहयोगको अपिल पनि गर्न चाहन्छु र हाल सम्म रा खे पको सहयोग एवं नेपाल क्रिकेट संघको यो मैदान को निर्माण र ब्यबस्थापनमा गरेको सहयोगलाई उच्च सम्मान ब्यक्त गर्न चाहन्छु ।
हालसालै सम्पन्न टि–२० वल्र्ड कपमा नेपालको प्रदर्शनले विश्वको ध्यानाकर्षन भयको छ । साथै अन्तरास्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा नेपालले गरेको आयोजना र प्रर्दशनले धेरै आशाहरु जगाएको छ । अन्तरास्ट्रिय क्रिकेट काउन्सिल(क्ष्ऋऋ)को पनि नेपाल मुख्य गन्तब्य को रुपमा बिकास गरि यहाँको क्रिकेट प्रतिको लगाबलाई वडावा दिन लगातार आफ्नो कार्यक्रमहरु नेपालमा आयोजना गर्न दिनुले प्रस्ट पार्दछ । आगामी सन् २०२७ मा बंगलादेश संग सहआयोजक को रुपमा अन्डर १९ महिला बिश्व कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने सुअवसर प्राप्त भयको छ। पोखराले उक्त प्रतियोगिताको आयोजनाको दाबेदारी पनि गरेको छ । यसका लागि तयारी पनि सुरु भयको छ । गत वर्षको बजेट बाट भी आइ पी प्याराफिट निर्माण कार्य सुरु भयको छ। उक्त कार्यका लागि मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई धन्यवाद व्यक्त गर्दै मैदान को डि पि आरमा भएको लागत अनुमानको करिब करिब १% बजेट बिनियोजन हुनु र त्यो पनि नियमित नहुनुले दुखित बनाए पनि सुरुवात भयकोलाई स्वागत गर्दै कम्तिमा यो वर्षको बजेट कम भय पनि तुरुन्त थप कार्य अगाडी बढाइदिनेमा आशाबादी छौ ।
गत १३ औं साउथ एसियन खेल मध्ये ८ खेल पोखरामा सम्पन्न भयो। ति मध्ये माहिला क्रिकेटको साथै क्रिकेटको जननी क्लवको रुपमा चिनिने विश्वकै पुरानो क्रिकेट क्लव वेलायतको मेरीलिवोन क्रिकेट क्लव (MCC) को सिनियर महिला टोलि संग राष्ट्रिय महिला क्रिकेट टोलि र राष्ट्रिय पुरुष सिनियर टोलिको मलेशियन राष्ट्रिय टोलि संगको मैत्रिपूर्ण खेल आयोजनाले हामीलाई ठुला अन्तराष्ट्रिय प्रतियोगिताहरु गर्न प्रेरणा एवं हौसला मिलेकोे छ । यो संगै पोखरामा अन्तराष्ट्रिय क्रिकेटको सम्भावनाको विषयमा चर्चा हुन थालेको छ, सबैको चासो बढेको छ । प्रतियोगिता मात्र होइन हालसालै नेपाली महिला टोलिको बन्द प्रशिक्षण पोखरामा सम्पन्न हुदै गर्दा पोखरा रंगशालाका अन्य संरचनाले पनि आकर्षण गर्यो । नेपाल क्रिकेट संघको राष्ट्रिय प्रतियोगिताहरु, पोखरा प्रिमियर लिग, के पी ओली राष्ट्रिय, अन्डर १६ मनमोहन राष्ट्रिय क्रिकेट प्रतियोगिताको सफल आयोजनाले पोखरालाई अन्तरास्ट्रिय भेन्यु साथै नेपाल कै दोश्रो गन्तब्यको रुपमा परिचित हुदै गएको अवस्थामा यसको विकासमा परिवर्तनगामी हातहरु वढाई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
गण्डकी प्रदेश सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदानको डिपिआर सार्वजनिक गरेसंगै उर्जा भरेको महसुस भयको थियो । तर त्यो सफल हुन सकेन, नदीपूर स्थित गण्डकी प्रदेश सभा स्थापना भए संगै त्यस परिसरमा रहेका क्रिकेट मैदानको भरपाई गरिदिने प्रदेश सरकारको वाचा अधुरै छ । तथापी अन्य मैदानहरुको खोजिमा देखायको चासोलाई सकारात्मक भएपनि सरकारको यहि प्रयासले गन्तब्यमा पुग्न सक्दैनौ । तेसैले तदारुपकता का साथ प्रदेस सरकार, गण्डकी खेलकुद परिषदले हाम्रो नेत्रित्व गर्नेमा आशाबादी छौ । यद्यपी नेपालमा खेल क्षेत्रले पाउने बजेटको अवस्थालाइ मुल्याकन गर्दा गण्डकी प्रदेश सरकार, प्रदेस खेलकुद परिसद गण्डकी, पोखरा माहानगरको सहयोग र सद्भावलाइ आत्मसाथ गर्दै नेपाल क्रिकेट संघको पनि साथ सहयोगमा आगामी वर्ष केही महत्वपूर्ण कार्यक्रमहरु गरेर क्रिकेटको विकासमा जीवन्तता दिने प्रयास रहने छ ।
१) खेल मैदान– लक्ष्य सन् २०२५ः अन्तराष्ट्रिय खेल, २०२७ः अन्डर १९ महिला बिश्व कप क्रिकेट प्रतियोगिता
यस संघको रंगशाला स्थित मैदानको अन्तराष्ट्रिय मान्यता प्रप्ती गर्ने गरी भि. आई पि प्य।राफिटको थप कार्य संघिय सरकारको वजेटबाट गरिने छ । प्रदेश सरकारको वजेटबाट मैदानको स्तरोन्नती र होटल वाराहीबाट निःशुल्क प्राप्त माटोलाई ब्यवस्थित गरी दर्शकहरुलाई खेल हेर्न सहज वानाईने छ । पोखरा माहानगरको सहयोगमा मैदानको लेवलिङ्ग र नियमित संवद्र्धनका लागि नेपाल क्रिकेट संघको अनुदान रकमबाट जिल्लाहरुको सहभागितामा ब्यवस्थित गरिनेछ साथै हाल कार्यरत मैदान कर्मचारीको संख्या वडाईदिन अनुरोध गरिनेछ । प्रदेश सरकारले हालसालै प्रस्ताव गरेका तिनै वटा खेल मैदानको प्राप्ती र संरक्षणमा सकृय रही आवश्यक डि पि आर निर्माणमा सहयोग गरिने छ । ल्एीका टोली मध्ये पोखरा सर्वाधिक राशीमा बिक्री भए संगै आगामी संस्करणका केही खेलहरु पोखरामा खेलाउन प्रयास गरिनेछ ।
२) प्रशिक्षणः लक्ष्यः खेलाडी उत्पादन
प्रदेश स्तरिय सेन्टर क्रिकेट एकेडेमी सञ्चालन गरिने छ । विभिन्न जिल्लाका खेलाडीहरुलाई तत् जिल्लाका सिफारिसमा प्रशिक्षणको ब्यवस्था गरिने छ । खेल्छ गण्डकी कार्यक्रम जारी राखिनेछ ।३) खेलाडी, एक्सपोजर र भविश्य
खेलाडी उत्पादन संगै प्रतिभा प्रस्फुटन र खेल गतिबिधीका कार्यक्रम सञ्चालन गरिने छ । रा खे प, ग खे प, नेपाल क्रिकेट संघका बार्षिक कार्यक्रमहरु अन्र्तगत प्रदेशले सम्पन्न गर्नुपर्ने सम्पूर्ण कार्यक्रमहरु सञ्चालन गरिने छ । प्रदेश स्तरिय प्रतियोगिता जारी राख्दै राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रमहरु समेत सञ्चालन गर्न नेपाल क्रिकेट संघ अनुरोध गरिने छ ।
नेपाल क्रिकेट संघको सेन्टर कन्ट्र्याकमा ईमरजिङ्ग क्याटागोरीको ब्यबस्था गरी हाम्रा तिन खेलाडीलाई समावेश गरेको र आगामी वर्ष ५ खेलाडी प्रदेशले नै अनुवन्धन गर्ने नितीले प्रदेशमा खेलाडीहरुलाई आकर्षण गर्छ र वलियो टिम वन्नेमा विश्वस्त रहदै संघ प्रती धन्यवाद ब्यक्त गर्दै बाकी खेलाडीहरुलाई पनि अनुवन्धन गर्ने प्रयास गरिने छ।
४) प्राविधिकः संघलाई आवश्यक कर्मचारी, क्यूरेटर, मैदान कर्मचारी, प्रशिक्षकहरुको रा.खे.प. र केन्द्रिय संघलाइ संग माग साथै ब्यवस्था गरिने छ । साथै दक्षताका थप तालिमहरु प्रदान गरिने छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय म्याच रेफ्री, अम्पायर, स्कोरर, कोच र क्युरेटरहरुको राष्ट्रिय गोष्ठी गर्ने (यो अबसरले स्थानीय प्राबिधिकहरु पनी लाभान्वित हुनें) । सिप वृद्धी र स्थायित्वमा काम गरिने छ ।
५) आर्थिकः संघको आर्थिक अवस्था मजवुत गर्न हाम्रो नियमित कार्यक्रमहरुमा स्थाई प्रयोजकहरुको खोजी गरीने छ।
६) संघको कार्यलय : रंगशाला स्थित खेल मैदानमा रहेको यस संघको कार्यलयलाई सुविधा सम्पन्न गर्दै लगिने छ।
७) सम्मान कार्यक्रम : विजयी खेलाडीहरु संगै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी यस प्रदेशका खेलाडीहरु, सहयोगी तथा अफिसियलहरलाई सम्मान गरिने छ । नगद पुरुस्कारका लागि प्रदेश सरकार संग पहल गरिने छ ।
८) खेलकुद ऐन २०७७ , नियमावली २०७८ र नेपाल क्रिकेट संघको विधानलाई समायोजन गर्न पहल गरिनेछ ।
अन्तमा, यस संघलाई खुलेर सहयोग र सहकार्य गर्नुहने अग्रज, सुभचिन्तक, प्रशंसक, नेपाल क्रिकेट संघ, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा माहानगर, रा खे प, ग खे प, जिल्ला क्रिकेट संघहरु, मदन भण्डारी स्पोर्टस एकेडेमी, मनमोहन मेमोरियल क्रिकेट सेन्टर, व्यापारिक प्रतिष्ठानहरु, पत्रकार ज्यूहरु, कार्यसमितिका साथीहरु, अफिसियल तथा सम्पूर्ण खेलाडी भाईबहिनीहरु एवं प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम आदरणिय माहनुभावहरुले अआफ्नो तर्फबाट पुर्याउनु भएको अपार सहयोग र सद्भाव प्रती हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा समेत यहाँहरुबाट यस्तै सहयोग, सहकार्य एवं हातेमालोको अपेक्षा गर्दै यो प्रतिबेदन यही बिट मार्ने अनुमती चाहान्छु ।
धन्यवाद ! जय क्रिकेटसञ्जय कान्त सिग्देल
अध्यक्ष
गण्डकी प्रादेशिक क्रिकेट संघ
मिती : २०८१/०५/३१ सोमवार ।
