
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका तिन जना खेल पत्रकारहरु यूवा तथा खेलकुद मन्त्रालयद्वारा प्रदान गरिने पत्रकारिता प्रोत्सहान पत्रकारिता पुरस्कार पाउने भएका छन् ।
मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारबाट यस वर्ष पोखराका विजय नेपाल, धन गुरुङ ‘सुमन’ र दिपक परियारलाई छनोट गरेको जनाएको हो । उक्त पुरस्कारका लागि सबै प्रदेशका गरी १० जना छनोट भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक महासचिव समेत रहेका विजय आदर्श समाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत हुन् भने सुमन पनि सोही सञ्चार माध्यममा कार्यरत छन् । दिपक कान्तीपुर दैनिकका सम्वाददाता हुन् । उनले दलिततर्फको प्रोत्सहान पत्रकारिता पुरस्कारका लागि छनोट भएका छन् । छनोट भएका सबै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध छन् ।
छनोट भएका सबैले जनही नगद २५ हजार प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । यस अघि गत वर्ष विजय नेपालीले उक्त पुरस्कार प्राप्त गरेका थिए ।
यता बागमती प्रदेशका सिताराम कोइराला खेल पत्रकारिता पुरस्कारका लागि छनोट भएका छन् । उनले नगद ५० हजार प्राप्त गर्नेछन् । यस अघि २०७६ सालमा पोखराबाट उक्त पुरस्कार केशव पाठक प्राप्त गरेका थिए ।
