
पोखरा स्पोर्टस । सहारा क्लब युकेका निवर्तमान अध्यक्ष एवं नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य ले.रि कुशाङ गुरुङलाई पितृ शोक परेको छ ।
निवर्तमान अध्यक्ष गुरुङका बुवा डिलबहादुर गुरुङको ९१ वर्षको उमेरमा निधन भएको हो । आफ्नो कान्छो छोरा र दुई बुहारीको रेखदेखमा नवलपरासीमा बस्दै आउनुभएका स्वर्गिय गुरुङको सोमबार निधन भएको निवर्तमान अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिनुभयो ।
स्वर्गिय गुरुङको ५ छोरा ६ बुहारी रहेका छन् । एक छोराको भने पाँच वर्ष अघि निधन भइसकेको छ ।
स्वर्गिय गुरुङको बुधबार नवलपरासीमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको आफ्नो बुवाको अन्तिम संस्कारका लागि युकेबाट नेपाल आउनु भएका निवर्तमान अध्यक्ष ले.रि.गुरुङले जानकारी दिनुभयो ।
