
पोखरा स्पोर्टस । स्विडेन र जर्मनी जारी महिला युरो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।
स्वीजरल्याण्डमा जारी प्रतियोगिताको समुह सी अन्तर्गतको अन्तिम खेलमा स्विडेनले जर्मनीमाथि ४-१ को जित हासिल गर्दै समुह चरणमा अपराजित भएर क्वाटरफाइनलमा पुगेको छ ।
स्विडेनको ३ खेलमा ९ अंक रहेको छ । त्यस्तै जर्मनी उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । जर्मनीको ३ खेलमा ६ अंक रहेको छ । यस समुहबाट पोल्याण्ड र डेनमार्क बाहिरिएका छन् ।
अब स्विडेन र जर्मनीले क्वाटरफाइनलमा समुह डी का विजेता र उपविजेतासँग खेल्ने छन् । यस अघि नर्वे, इटाली, स्पेन र स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगिसकेका छन् ।
