राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना सम्मानित हुँदै

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो को ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा हुने भएको हो ।

सिनियर र जुनियरमा समान १–१ पुरुष/महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), २ खेल पत्रकार, १ स्थानिय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिने छ । स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ । वर्षमा हासिल गरेको उपलब्धी, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिकोत्सव उपसमिति– २०८१ गठन गरिएको छ । उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल छन् ।

त्यस्तै पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न ५ कार्यदल पनि गठन गरिएको छ । तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक संगीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ ।

त्यसै गरी खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल संघ तथा प्रायोजक छनोट कार्यदल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ ।

वि.सं. २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ । वार्षिकोत्सवका दिन यहि भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close