पौडी पोखरी बनाउन गण्डकी प्रदेश सरकारलाई ज्ञापन

पोखरा स्पोर्टस । पोखरा रंगशालामा यथासिघ्र पौडी पोखरी निर्माण कार्य अघि बढाउन गण्डकी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

गण्डकी प्रदेश पौडी संघले गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापालाई भेटेर ज्ञापनपञ बुझाएको हो । ज्ञापनपत्र बुझ्दै थापाले पौडी पोखराीको आवश्यक्ता रहेको आफूलाई समेत महशुस भएको जनाउँदै प्रदेशको पौडी खेल विकासका लागि सरकार प्रतिवद्ध भएको बताए ।

पौडी पोखरीको डिपिआर दराजमा
पोखरा रंगशालाको पौडी पोखरीको डिपिआर निर्माण भएको समेत ५ वर्ष बढि भइसक्यो । करिव ४५ करोडको डिपिआर राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको भए पनि यति बेला डिपिआर राखेपको दराजमा नै थन्किएको छ । पोखराको मौसमलाई मध्यनजर गर्दै हिटिङ स्विमिङ पुलको डिपिआर दराजमा थन्किदा खेलाडीहरुको भविष्य अन्यौलमा छ भने खेलाडीहरु समेत पलायन भएका छन् । दुई वर्ष अघि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पौडी पोखरी निर्माण हुने भनिए पनि राखेपले खाल्टो समेत नखनी उल्टै पोखराबाट नवौं राष्ट्रिय खेलकुदमा विभिन्न टिकटबाट विक्रि र प्रायोजकहरुबाट संकलन भएको रकम रु ६ करोड भन्दा बढि रकम सरकारलाई फिर्ता पठाएको थियो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँसहित गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुंवर, सचिब अनिल थापा, पोखरा महानगर खेलकुदका निवर्तमान अध्यक्ष दिपक बहादुर गोदारसहितको टोलीलाई मन्त्री थापाले पोखरा रंगशालामा पौडी पोखरीको आफूले छिट्टै अवलोकन गर्ने र निर्माण कार्य बारे मन्त्रालयले पहल गर्ने आश्वासन समेत दिएको सघले जनाएको छ ।

मन्त्री थापाले दिएको आश्वासनमा पौडी संघका पदाधिकारीहरु उत्साहित बनेका छन् । सचिब थापाले मन्त्रालयले यस बारे गम्भिर रुपमा चासो लिएको बताउँदै यसले खेलाडीहरुलाई समेत उत्साहित बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close