एनभिएका महासचिव चन्दलाई संघको बधाई तथा शुभकामना

पोखरा स्पोर्टस । नेपाल भलिबल संघले महासचिव जीतेन्द्र बहादुर चन्द एशियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमकाविच बधाई तथा शुभकामना प्रदान गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष श्री यामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संघका सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरु तथा एशियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडी लगायतको उपस्थिती रहेको थियो ।

महासचिव चन्दलाई कार्यवाहक अध्यक्ष तथा पदाधिकारीहरुले बधाई तथा शुभकामना दिंदै कार्यकालको सफलताको कामना सहित नेपाल जस्तो विकासन्मुख राष्ट्रले एशियन सेन्ट्रल जोनको पदाधिकारी जस्तो गरिमामय पदमा नियुक्त हुनु नेपाल तथा भलिबल संघको नै गौरवको विषय भन्दै यसको नेपाल भलिबल संघले सक्दो सदुपयोग गर्नु पर्नेमा जोड दिए ।

महासचिव चन्दले सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त हुनु विगतमा नेपालले भलिबल खेलको विकासमा गरेको कार्यहरुको मुल्याङ्कनको प्रतिफल भएको भन्दै आगामी दिनमा अझ बढि चुनौती थपिएको र संघले भलिबल खेलको विकास र विस्तारमा अझ बढि कार्यगर्नु पर्ने बताए ।

एशियन भलिबल महासंघले आफ्ना आवद्ध राष्ट्रहरुलाई ५ क्षेत्रमा विभाजन गरेर भलिबल खेलको विकासलाई अगाडी बढाई रहेको छ । अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरु एशियन सेन्ट्रल जोन क्षेत्र अन्तर्गत पर्दछन् । जसमा नेपाल सहित १४ राष्ट्र सदस्य छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close