पोखराको बाटुलेचौर तिज मेलामा अन्तर क्लब ह्याण्डवल प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेलामा प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिता सुरु भएको छ ।

वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय बडहरवोट आमा समुहको आयोजनामा मंगलवारदेखि ह्याण्डवल प्रतियोगिता सुरु भएको हो । बाटुलेचौर खेल मैदानमा सुरु भएको प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका छन् । लिगका आधारमा सुरु भएको खेलमा मंगलवार ६ वटा खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगितामा टिम फाईभ र टिम निकेश, टिम विशाल र टिम एमिसि, टिम निकेश र टिम चन्द्र, टिम मनकामना र टिम एमिसी, टिम चन्द्र र टिम फाईभ तथा टिम विशाल र टिम मनकामना विच खेल भएकोे ह्याण्डवल प्रतियोगिताका संयोजक अनिल वस्नेतले जानकारी दिए ।

पहिलो पटक फाइभ अन फाइभको अवधारणामा हुने प्रतियोगितामा बिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद ५० हजार र उपबिजेता टिमले नगद ३० हजार प्राप्त गर्नेछन् ।

मेलाको औपचारिक उद्घाटन बुधवार हुने छ । मेलालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्ने र शुक्रवारको समापन कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नुहुने आयोजकले जनाएको छ ।

ह्याण्डवल प्रतियोगिता संगै अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले बताए । मेलामा स्थानिय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ ।

सोही मेलामा वडा कार्यालयले वडाभित्रका विद्यावारिधी गर्न सफल करिव २५ जना व्यक्तिलाई सम्मान र सामुदायिक विद्यालय तर्फ नेपालमै उत्कृष्ट भएको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट वनेको ईन्द्रराज्य लक्ष्मी मा.विलाई सम्मान गर्ने तयारी समेत गरेको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।

शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेला मुलुककै पुरानो तीज मेला हो । यसले समग्र यस क्षेत्रकै संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको वडाध्यक्ष तिमिल्सिनाले बताए । मेलामा तिजको परम्परागत हम्काइलो भाका समेत प्रस्तुत गरिने बताइएको छ । हम्काईलो भाका प्रस्तुतीका लागि स्थानिय जेष्ठ महिलाले तयारी सुरु गरेका छन् । मेला २१ गते सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close