
सुदर्शन रञ्जित/पोखरा,
नेपाल खेलकुद पत्रकार मञ्च कास्की र पोखरा एफ एमको शंयुक्त आयोजनामा २०६० चैत १–५ सम्म पहिलो पटक मिडिया कप फुटबल प्रतियोगिता आयोजना भयो ।

यो पोखरामा आयोजना भएको पहिलो मिडिया कप थियो । पहिलो पटक पोखराका सञ्चारकर्मीहरु फुटबल खेल्न मैदानमा उत्रिएका थिए । पोखराको विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको टिम आ–आफ्नो सञ्चार माध्यमको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिए । निकै जोश थियो ।

पिएन क्याम्पसमा शुरु भएको खेलमा सञ्चारकर्मीका टिमका खेलाडी विच झडपको स्थिती बन्यो । एकले अर्कोलाई बाहिरी खेलाडी भित्राइएको आरोप एक अर्काले लगाए । आयोजकलाई परिस्थतीको सामना गर्ने स्थिती समेत बनेन । पि एन क्याम्पस खेलकुद परिशरमा उपस्थित ठुलो दर्शकलाई नियन्ञण गर्न न त कुनै शुरक्षाकर्मीनै उपस्थित थिए ।

पिएन क्याम्पसमा खेल अगाडी बढ्न सकेन । खेल वडा नं ५ स्थित बाराही खेल मैदान मालेपाटनमा पुगेर सम्पन्न भयो । यि तस्विरहरुले त्यो बेला आयोजना भएको मिडिया कपको सम्झनाहरु ताजा भने बनाईराख्छन ।














