खेलकुद मन्त्री चौधरीलाई ओलम्पिक कमिटिको सम्मान

पोखरा स्पोर्टस । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाल ओलम्पिक कमिटिले स्वागत संगै सम्मान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीले एनओसी भवन सातदोवाटोमा बुधबार आयोजित एक कार्यक्रमका बिच स्वागत संगै सम्मान गरेको हो । खेलकुद मन्त्री चौधरी संगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई समेत सम्मान एवं स्वागत गरेको छ । मन्त्री भण्डारी एनओसीका सल्लाहकार समेत् हुन् ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त खेलकुद मन्त्री चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री चौधरीले खेलकुद विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याउँदै सबै खेल संघहरुले उत्कृष्ट रुपमा कार्य गर्नुपर्ने बताए । उनले भने–“संघहरुले राम्रो काम गरेमा, चलायमान भएमा मेरो कार्यकाल पनि सफल हुनेछ । त्यसैले सबै खेल संघका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीलाई आआप्mनो खेलको विकासमा काम गर्न अनुरोध गर्दछु ।”

यसैगरी उनले आफू मन्त्री बनेको ४० दिन भएको र यस अवधिका खेलकुद ऐन, नियमावलीको अध्ययन गरिरहेको जनाउँदै ऐन र नियमावलीमा नै टेकेर नेपाली खेलकुदको विकास गर्ने उल्लेख गरे ।

सो अवसरमा एनओसीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिकबिच समन्वय हुनु आवश्यक भएकोतर्फ औँलयाए ।

यसैगरी एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ खेलकुद संघ बलियो हुँदा सो खेलले नतिजा पनि राम्रो निकाल्छ भन्ने उदाहरण रहेको जनाउँदै सबै खेल संघले एक अर्काको सिको संगै सहकार्य गरी बढ्नु पर्ने बताए ।

सो कार्यक्रममा विभिन्न खेल संघका अध्यक्षहरु एव पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close