एनओसीले ग–यो ओलम्पिकमा सहभागि हुने पौडी टोलीको विदाई

पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा सञ्चालन हुने गृष्मकालिन ओलम्पिकमा पौडी तर्फ सहभागी हुने खेलाडी र प्रशिक्षकलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार एक कार्यक्रमका विच विदाई गरेको छ ।

एनओसीले पौडीका खेलाडी अलेक्ज्याण्डर शाह र प्रशिक्षक शंकर कार्कीलाई विदाई गरेको हो । उनीहरु ओलम्पिकको पूर्व प्रशिक्षणका लागि जापानको टोकुशिमा प्रान्तमा भोली प्रस्थान गर्ने कार्यक्रम रहेको एनओसीले जनाएको छ । बेलायतमा रहकी गौरिका सिंह लन्डनबाट सोझै जापान पुग्ने तयारी रहेको छ ।

एनओसी र टोकुशिमा प्रान्तका विच जनवरी २०, २०२० मा हस्ताक्षर भएकोे सम्झौता अनुसार ओलम्पिकको तयारीका लागि विभिन्न पूर्व प्रशिक्षण शिविरहरू सञ्चालन गरिएको छ ।

विदाई कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सहभागीलाई अग्रिम शुभकामना व्यक्त गर्दै ओलम्पिकको पूर्व तयारी अनुरुप हुन लागेको प्रशिक्षणको पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरेका छन । सो अवसरमा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायत एनओसीका सदस्यहरूले समेत जापान जाने टोलीलाई शुभकामना दिएका थिए ।

सहभागीहरूले टोकुशिमा करिव दुई साताको पूर्व तयारी पश्चात २० जुलाई २०२१ मा ओलम्पिक भिलेजमा पुग्नेछन । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालबाट ५ जना खेलाडी सहभागी हुनेछन । सहभागी खेलाडीहरु वाइल्डकार्ड बाट छनोट भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close