दशौं राष्ट्रिय खेलकुद समयमै गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको पत्र

पोखरा स्पोर्टस । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नै आयोजना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले ध्यनाकषर्ण पत्र बुझाएको छ ।

संघले यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई छुट्टा–छुट्टै पत्र बुझाउँदै दशौं राष्ट्रिय खेलकुद समयमा नै गर्न भनेको हो । ध्यनाकषर्ण पत्र बुझ्दै राखेपका सदस्य सचिब टंकलाल घिसिङले प्रतियोगिता समयमा नै आयोजना गर्ने गरी राखेपले तयारी सुरु गरेको बताएका छन् ।

सदस्य सचिव घिसिङले प्रतियोगिता आयोजना स्थल कर्णालीमा निर्माण भईरहेका खेलपूर्वाधारको हालै खेलकुद मन्त्री सहितको टोलीले अध्ययन अवलोकन समेत गरेको जानकारी दिंदै परिषद समयमा नै हुने गरी तयारी भइरहेको उल्लेख गरेको संघका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

यसै बिच हालै कर्णाली प्रदेश खेलकुद परिषदले सुरु गरेको काउन्ट डाउन समेत एकाएक बन्द भएको छ । काउन्ट डाउन बन्द भए संगै खेल क्षेत्रमा प्रतियोगिता समयमा नै हुने विषयमा शंका उत्पन्न भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक राखेपले काउन्ट डाउन सुरु नगरी प्रदेश खेलकुद परिषदले काउन्ट डाउन सुरु गरे पछि विवाद समेत भएको स्रोतले जनाएको छ । प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशमा बढिमा २४ खेल हुने र अन्य खेल कहाँ र कसरी हुने भन्ने बारे समेत अन्यौल रहेको छ । राखेपको अब केही दिन पछि बस्ने बोर्ड बैठकले सबै कुराको टुङ्गो लगाउने भएको जनाइएको छ ।

प्रतियोगिताकै लागि आफुले दुई पटक सम्म परिषद्को बोर्ड बैठकका लागि प्रस्ताव गरेको भन्दै वर्तमान युवा तथा खेलकुद मन्त्री संग पनि यस विषयमा छलफल भईरहेको जानकारी दिए ।

निर्धारित समयमै आयोजनाका लागि पूर्वाधारको सूनिश्चित गर्न परिषद्ले प्राविधिक टीम खटाएको भन्दै खेलाडीहरुको चासोले प्रतियोगिता आयोजनालाई थप बल पुग्ने बताए ।

यसै बिच हालै कर्णाली प्रदेश खेलकुद परिषदले सुरु गरेको काउन्ट डाउन समेत एकाएक बन्द भएको छ । काउन्ट डाउन बन्द भए संगै खेल क्षेत्रमा प्रतियोगिता समयमा नै हुने विषयमा शंका उत्पन्न भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक राखेपले काउन्ट डाउन सुरु नगरी प्रदेश खेलकुद परिषदले काउन्ट डाउन सुरु गरे पछि विवाद समेत भएको स्रोतले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशमा बढिमा २४ खेल हुने र अन्य खेल कहाँ र कसरी हुने भन्ने बारे समेत अन्यौल रहेको छ । राखेपको अब केही दिन पछि बस्ने बोर्ड बैठकले सबै कुराको टुङ्गो लगाउने भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close