अन्तर लागू औषध उपचार केन्द्र तथा पुर्नस्थापना केन्द्र बीच भलिबल प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । पोखरामा अन्तर लागू औषध उपचार केन्द्र तथा पुर्नस्थापना केन्द्रहरू बीच भलिवल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कास्की जिल्लामा रहेका लागूऔषध उपचार पुर्नस्थापना केन्द्रहरूमा उपचारार्थ रहेका युवाहरूलाई खेल मार्फत उत्प्रेरणा जगाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

लागू औषधको दुर्व्यसनी एक प्रकारको रोग भएको र यसको समयमा उपचार तथा परामर्श हुन सके पुरानो लयमा फर्कन सक्ने उद्देश्य अनुरुप कास्की जिल्लामा रहेका विभिन्न १० वटा लागू औषध उपचार तथा पुनस्थापना केन्द्रहरुको समन्वय रहेको छ ।

प्रतियोगितामा न्यू भिजन लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, मानव संरक्षण लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, नौलो घुम्ती लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, गेटवे फाउण्डेसन लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, सेरेनिटि हाउस लागू औषध तथा मद्यपान उपचार केन्द्र, पिएसएसजी लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, सिएसजी लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, नव जिनव नेपाल लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्रबाट टिम ‘ए’ र टिम ‘बी’, हाम्रो परिवार नेपाल लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्र, रिचमण्ड फेलोसिट लागू औषध उपचार तथा पुर्नस्थापना केन्द्रको टिम सहभागिता रहेको छ ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले गरेका छन् । सो अवसरमा प्रहरी उपरिक्षक थापाले यस्ता प्रतियोगिताबाट सुधार केन्द्रमा उपचाररत लागू औषध प्रयोगकर्ताको मानसिक तथा शारीरिक अवस्थामा सुधार आउने बताउँदै यस्ता कामर्यक्रमको निरन्तरता संगै आवश्यक रहेको औल्याएका थिए ।

उद्घाटन कार्यक्रममा पोखरा उधोग वाणिज्य संघ कास्कीका उप महासचिव शोभा गौतम विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारीहरु, राइट फर चिल्ड्रेन संस्थाका पदाधिकारी, कास्की जिल्ला स्थित रहेका विभिन्न १० वटा लागू औषध उपचार केन्द्रका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्कीको आयोजनमा शुक्रबार देखि भएको अन्तर लागुऔषध पुनर्स्थापना केन्द्र स्तरिय पुरुष भलिबल प्रतियोगिताको खेलमा गेट वे फाउन्डेसनलाई हराउँदै सेनेरेटरी फाईनको यात्रा तय गरेको छ । भने हाम्रो परिवारलाई हराउँदै सि।एस।जी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल सि.एस.जी र सेनेरेटरी बिच हुने भएको ।
 
तेस्रो स्थानको लागि गेट वय फाउन्डेसन र हाम्रो परिवार बिच भिडन्त हुने भएको छ ।
 
शुक्रबारको पहिलो खेलमा सेनेरेटी हाउसले नौलो घुम्ती नेपाललाई हराएको छ । दोस्रो खेलमा मानव संरक्षणलाई हराउँदै गेट वे फाउन्डेसनले गेट वए अघिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा पि एस एस जिलाई हराउँदै सिएसजी अघिल्लो चरणमा प्रवेश गरेको छ । चौथो खेलमा न्यु चिजन उपस्थित नभएको कारण नव जीवन निलो अघिल्लो चरणमा प्रवेश गरेको हो ।
 
पाँचौ खेलमा नव जीवन रातोलाई हराउदै गेट वे फाउन्डेसन अघिल्लो चरणमा प्रवेश गरेको छ । छौटौं खेलमा रिचवनलाई हराउदै सेनेरेटी हाउस अघिल्लो चरणमा प्रवेश गरेको छ । सातौँ खेलमा हाम्रो परिवार नेपालले नव जिवनलाइ हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
 
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमर थापा अलग किसिमको प्रतियोगिता भएको बताए । कास्की १५ प्रतिशतले प्रयोगकता बढेको प्रहरी तथ्यांक रहेको बताए ।

लागुऔषध पुर्व प्रयोगकर्तालाई मनोबल अभिवृदी र आशा जगाउन प्रतियोगिताले सहयोग गर्ने बताए । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिती कास्की अध्यक्ष भिम पराजुलीको अध्यक्षतमा कार्याक्रम भएको थियो । पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार स्वरुप पाउने छन् । प्रतियोगितामा ११ टिम सहाभागी रहेका छन् । प्रतियाेगिता शनिबार सम्मपन्न हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close