राखेप सदस्य रेणुकाले दिइन बंगलादेश जाने कवड्डी खेलाडीलाई खेल पोशाक

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषद (राखेप)की सदस्य रेणुका श्रेष्ठले बंगलादेश जाने कवड्डी राष्ट्रिय टोलीका खेलाडी हरुलाई खेल पोशाक प्रदान गरेकी छन ।
बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई राखेप सदस्यले खेल पोशाक प्रदान गरेकी हुन । सो अवसरमा उनले नेपाली झण्डालाई अन्तर्राष्ट्रिय खेलकूदको एरिनामा फहराउन खेलाडीहरु सफल हुने विश्वास व्यक्त गरिन । उनीहरुको हौसलाका लागि आफूले खेल पोशाक प्रदान गरेको पोखरा स्पोर्टसलाई बताएकी छन । उनले भनिन–“आफू पनि कुनै समय खेलाडी नै भएकोले आफूले खेलाडीको समस्या नजिकबाट थाहा पाएकी छु, मेरो सानो सहयोगले पक्कै पनि खेलाडीमा उर्जा भरिनेछ ।

मार्च २८ देखि संचालन कुने प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेशका २ टोली, पोल्याण्ड, केन्या र श्रीलङका गरि ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी गराए ।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र ब्यवस्थापकमा बिष्णुदत्त भट्ट रहेका छन् । यस्तै खेलाडीहरुमा लालमोहर यादव, प्रविण खड्का, रंजीत गजमेर, रामु टमाटा, बिनोद तामाङ्ग, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारु, बन्धु राना रहेका छन् । यस्तै निर्णायकमा हिमाल रञ्जित र पशुपती प्रजापति रहेका छन् । टोली आजै त्यस तर्फ प्रस्थान गरिसकेको छ ।
Aha Rara Advt
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close