
पोखरा स्पोर्टस । पोखरामा ५ दिने प्रादेशिक भलिबल रेफ्रि कोर्ष सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यवस्थापनमा उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो । सो प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरेका छन् ।
सो अवसरमा आफ्ना भनाई राख्दै सदस्य सचिब शर्माले गण्डकी प्रदेशको भलिबल खेलको जगलाई बलियो बनाउन प्रशिक्षण कार्यक्रम तय गरेको बताए । उनले प्रदेशका ११ वटै जिल्लाका विभिन्न स्थानमा हुने प्रतियोगिताहरुलाई अझै निश्पक्ष र प्रभावकारी बनाउँदै आम जनमानसमा समेत भलिबलको शाखलाई जोगाइ राख्न रेफ्रि प्रशिक्षण प्रभावकारी हुने उल्लेख गर्दै यूवाहरुलाई लक्षित गर्दै रेफ्रि प्रशिक्षण सुरुवात गरिएको बताए ।
सिमित स्रोत साधनका त्रीच पनि परिषदले खेलकुदको विकासको जगलाई बलियो बनाउन परिषदले विभिन्न कार्यक्रमहरु अघि सारेको बनाउँदै भलिबल रेफ्रिहरुले आफूले सिकेको शिपको सदुपयोग गर्न समेत उनले सहभागिहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य एवं कार्यक्रम संयोजक बिनय थापा, नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्माले राष्ट्रिय खेल भलिबललाई गण्डकीमा जगलाई अझै बलियो बनाउन प्रशिक्षण कार्यक्रम महत्वपूर्ण हुने बताए ।
उद्घाटन कार्यक्रम एभिसी अन्तर्राष्ट्रिय रेफ्रि टहल सिंह थापाको अध्यक्षतामा भएको थियो ।
रेफ्रि कोर्षमा १० जिल्लाका ६८ जनाको सहभागिता रहेको छ ।
