सेपाक ताक्रो विश्वकपमा नेपालले जित्यो दोहोरा काश्य पदक

पोखरा स्पोर्टस । मलेसियाको क्वालालम्पुरमा सम्पन्न सेपाक ताक्रो विश्वकपमा नेपालले दोहोरो काश्य पदक जितेको छ ।

क्वालालम्पुरस्थित टिटि वाङशा स्टेडियममा यहि मे १८ देखि २६ तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल डिभिजन ‘ए’ तर्फ दोहोरो काश्य पदक जित्न सफल भएको हो । नेपालले डिभिजन ए तर्फ रेगु र डबल्सतर्फ गरी २ काश्य पदक जितेको टिमका प्रशिक्षक श्याम बहादुर श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

विश्वकपमा सहभागिता जनाएको दोस्रो पटकमा नै नेपालले ठूलो सफलता प्राप्त गरेको प्रशिक्षक श्रेष्ठले बताए । उनले भने–“गत वर्ष भारतको हैदराबादमा सम्पन्न विश्वकपमा हामी दशौं स्थानमा थियौं । तर दोस्रो सहभागितामा नै हामीले रेगु र डबल्सतर्फ गरी दोहोरो काश्य पदक जितेका छौं ।”

रेगु इभेन्टतर्फ नेपालका लागि नेपाली टिमका कप्तान रोशन तामाङ, पदम बहादुर खाडा मगर, दिपेश जङ्ग थापा, उमेश बहादुर महतो र विजय महतोले प्रतिस्पर्धा गरेका थिए भने डबल्सतर्फ रोशन तामाङ, अनिल जर्घा मगर र दिपेश जङ्ग थापा मैदान उत्रिएका थिए ।

नेपाली राष्ट्रिय सेपाक ताक्रो टोली भोली (शुक्रबार) स्वदेश फर्किने भएको टिम व्यवस्थापक नेत्र बहादुर गुरुङले जानकारी दिए । नेपालले सेपाक ताक्रो विश्वकपमा जितेको यो नै पहिलो पदक समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close