फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

पोखरा स्पोर्टस । स्पेन युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५–४ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

स्पेनको जितमा लामिन यमलले २ गोल गरेका थिए भने निको विलियम, मिकेल मेरिनो र पेड्रीले एक-एक गोल गरेका थिए ।

त्यसैगरी फ्रान्सका लागि किलीयन एम्बाप्पेम, रयान चेर्की र रानडाई कोलो मुआनीले एक-एक गोल गरेका थिए भने एक गोल स्पेनका डानी भिभीयनले गरेका थिए ।

यो जितपछि अब स्पेनले फाइनलमा पोर्चुगलको सामना गर्ने भएको छ ।

पोर्चुगलले यसअघि पहिलो सेमिफाइनलमा जर्मनीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै जर्मनी र फ्रान्सले भने तेस्रो स्थानका लागि खेल्ने भएका छन् । तेस्रो स्थान र फाइनल खेल जुन ८ मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close