
पोखरा स्पोर्टस । पोखरा समर टेनिस टुर्नामेन्टको उपाधि नविन श्रेष्ठले जितेका छन् । प्रतिस्प्रर्धी राजन पौडेललाई टाइ व्रेकमा २–६, ६–३ र १०–३ ले पराजित गरी उपाधि जितेका हुन् ।
यसै गरी डबल्सतर्फ राज गुरुङ र सञ्जय श्रेष्ठ बिजेता बने भने प्रकाशराज वाग्ले र सूर्य भुजेल उपविजेता बने ।
प्रतियोगितामा सहभागि खेलाडीहरुले कास्की टेनिसले सञ्चालन गरेको ग्रास रुट टेनिसलाई नगद १० हजार सहयोग गरेका छन् ।
त्यसै गरी अमेरिकाबाट आएका हितमान गुरुङले नगद १० हजार र पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले नगद ५ हजार सहयोग गरे ।
बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद श्रेष्ठ, रामबजार वडा प्रहरीका प्रहरी निरिक्षक बिनोद श्रेष्ठ, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ, कास्की टेनिसका अध्यक्ष लोक गुरुङले ट्रफी र नगद प्रदान गरेका थिए ।
