पुरुष भलिबलमा आर्मी, एपीएफ र लुम्बिनी विजयी

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आइतबारको खेलमा त्रिभुवन आर्मी, एपीएफ र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

समूह ‘बी’ मा रहेको आर्मीले आइतबार मधेश प्रदेशलाई ३–० को सेटमा पराजित गरेको छ । आर्मीले २५–११, २५–१२ र २५–१६ को सेटमा सहज जित निकालेको हो । विभागीय टिमको अघि मधेश प्रदेशको खेल निकै फितलो थियो । उक्त जितस“गै आर्मीले कुल ६ अंक पु¥याएर समूहको शीर्ष स्थानमा रहदै क्वाटरफाइनल तय गरेको छ । आर्मीको क्वाटरफाइनल भेट समूह ‘डी’ को उपविजेता वाग्मती प्रदेशसग हुने छ ।

शनिबारको अर्को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई कुनै मौका दिएन । एपीएफले २५–१३, २५–१८ र २५–१० को जितस“गै प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रुपमा आफूलाई उभ्याएको छ । दुई खेलको जितले ६ अंक जोडेर समूह ‘सी’ को विजेता बनेको एपीएफले क्वाटरफाइनल सुनिश्चित गरेको छ ।

शनिबार नै समूह ‘ए’ मा रहेको लुम्बिनीले कर्णाली प्रदेशलाई हराएर ३ अंक जोड्दै क्वाटरफाइनल प्रवेश गरेको छ । समूह उपविजेता हु“दै लुम्बिनीले एपीएफस“गको भेट पक्का गरेको हो । लुम्बिनीले कर्णालीलाई २५–१५, २५–२१ र २५–२० ले पराजित ग¥यो । उक्त खेलस“गै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेको पुलिस यसअघि नै ६ अंकसहित शीर्षस्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

सोमबार प्रदेश १ र मधेश प्रदेश, एनआरएनए र सुदूरपश्चिमबीच खेल हुने छ । पहिलो खेलको विजेतास“ग गण्डकी प्रदेश र दोस्रो खेलको विजेतास“ग पुलिसले क्वाटरफाइनल खेल्ने छ । क्वाटरफाइनलका चार खेल मंगलबार हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close