रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता

पोखरा स्पोर्टस ।  क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् ।

अल नासरले रोनाल्डोले ‘अल नासर फर एभर अर्थात सधैका लागि अल नासर’ एक भिडियो जारी गर्दै रोनाल्डो क्लबमै रहने जानकारी दिएको हो ।

मिडिया रिपोर्टका अनुसार ४० बर्षिय रोनाल्डोले अल नासरमा २०२७ को जुन ३० सम्म सम्झौता गरेका छन् । रिपोर्टका अनुसार अल नासरले रोनाल्डोलाई बार्षिक १८५ मिलियन युरो पारिश्रमिक दिने बताइएको छ । 

रोनाल्डोको साउदी प्रो लिगमा व्यक्तिगत प्रदर्शन राम्रो भएपनि अल नासरलाई ट्रफी भने जिताउन सकेका छैनन् । उनले लगातार दोस्रो सिजन साउदी लिगमा गोल्डेन बुट भने जितेका छन् । रोनाल्डोले साउदी लिगमा यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए ।

२०२३ को जनवरीदेखि अल नासरमा खेल्न थालेका रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close