
पोखरा स्पोर्ट्स । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी टाइगर कप भलिबल प्रतियोगिताका बुधबारका खेलहरु पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सञ्चालन हुने भएका छन् ।
बुधबार देशभरसहित पोखराको मौसम विग्रियसँगै बुधबारका बाँकी चार खेलहरु कभर्डहलमा सञ्चालन गर्न लागिएको टाइगर ग्रुपका सचिब डिबी नेपालीले जानकारी दिएका छन् । पोखरा स्पोर्ट्ससँग कुरागर्दै सचिब नेपालीले, वर्षा जारी रहेकोले खेलस्थल सारिएको जानकारी दिए ।
यता प्रतियोगिताका प्राविधिक समितिका संयोजक याम बहादुर गुरूङले राती ९ बजे सम्म सक्ने गरी कभर्डहलमा खेल सुरू गरिएको पोखरा स्पोर्ट्सलाई बताए । उनले भने–“अब केही क्षणमा खेल सुरू गर्दैछौं । म सबै दर्शक एवं भलिबल खेलप्रेमीहरुलाई खेल हेर्न आमन्त्रण गर्दछु ।”
प्रतियोगिताको छैटौं दिन चार खेलहुने तय रहेको थियो । महिलातर्फ एपिएफ कलब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्सका बीच हुनेछ ।
यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र एपिएफ क्लब तथा दोस्रो खेल नेपाल आर्मी क्लब र पर्वत जिल्ला भलिबल सघका बीच हुने तालिका रहेको छ ।
