
पोखरा स्पोर्टस । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत गण्डकीको महिला भलिबल टोली सेमीफाइनलमा प्रवेश गरेको छ ।
चितवनको भरतपुरमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो ।
खेलमा पहिलो सेट २५–१८ ले सहज जित हात पारेको गण्डकीले दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेलमा बढत बनायो ।
गण्डकीले तेस्रो सेट २५–२२ ले जित्दै सेमीफाइनलको यात्रा तय गरेको छ ।
गण्डकी समुहमा उपविजेता हुँदै लुम्बिनी संग सेमीफाइनलमा भेट पक्का गरेको छ ।
