
पोखरा स्पोर्टस । कर छली प्रकरणमा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीलाई जेल सजाय र जरिवाना भएको छ ।
एन्सेलोटी सन् २०१४ र २०१५ मा पहिलो पटक रियल म्याड्रिडको प्रशिक्षक हुदा कर छली गरेको प्रमाणित भएपछि उनलाई एक बर्षको जेल सजाय र ३ लाख ८६ हजार ३६१ युरो जरीवाना गरिएको छ ।
मुद्दाको सुनुवाइमा, एन्सेलोटी अदालतलाई उनको कर ठगी गर्ने मनसाय नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्पेनिस कानुन अनुसार अहिंसात्मक अपराधमा २ बर्ष भन्दा कम समयको सजायका लागि जेल बस्नु नपर्ने नियम रहेकाले एन्सेलोटी जेल भने बस्न नपर्ने बताइएको छ । तर उनले जरिवाना भने तिर्नुपर्ने बताइएको छ ।
