एन्फा छानविन टोलीले ६ वटा विभिन्न प्रतियोगिता बारे छानविन गर्दै

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रले कास्की जिल्ला फुटबल संघको अनियमितता सम्वन्धी दुई वर्ष भित्र सञ्चालन भएका ६ वटा विभिन्न प्रतियोगितामा आधारित रहेर छानविन प्रक्रिया अघि वढाएको छ ।

छानविनका लागि ६ वटा विभिन्न प्रतियोगिताहरुको कागज पत्र उपलव्ध गराउन पत्र काटेको हो । हिजो विहिवार सम्म उपलव्ध गराउन काटिएको पत्र अनुसार एन्फा कास्कीले ति कागजपत्र उपलव्ध गराएको जनाइएको छ । “एन्फा कास्कीले सबै कागजपत्र उपलव्ध गराएको छ” छानविन टोलीका एक सदस्यले भने–“हामी त्यसको यतिवेला सबै विल भर्पाई र कागजातहरुको अध्ययन गरेका छौं ।”

छानविन समितीका संयोजक एवम एन्फाका उपाध्यक्ष वीर वहादुर खडकाले हस्ताक्षर गरेको पत्रमा २०७५ सालको मनकामना कप, कास्की जिल्ला फुटबल लिग, अन्तर विद्यालय फुटबल प्रतियोगिता, अन्तर जिल्ला फुटबल प्रतियोगिता (जिल्ला), अन्तर जिल्ला फुटबल प्रतियोगिता (प्रदेश), अन्तर जिल्ला फुटबल प्रतियोगिता (पुरुष) र अन्तर जिल्ला फुटबल प्रतियोगिता (महिला) को सम्पुर्ण कागज पत्र र विल भर्पाई सहित जानकारी मागिएको छ ।

छानविन टोलीले ग्रास रुटमा उठेको विषयमा छुट्टै प्रतिवेदन तयार गर्ने स्रोतले जनाएको छ । “हामीले सबै कुरामा छानविन गर्दैछौं, अहिले एन्फा केन्द्रले भनेका विषयमा मात्रै केन्द्रित छौं ।” छानविन टोलीले यतिबेला दुई वर्षको सबै कागजातहरुका विषयमा अध्ययन भइरहेको जनाएको छ ।

एन्फाको छानविन टोलीले एन्फा कास्कीको बैंक स्टेटमेन्ट समेत अध्ययन गरिरहेको छ । दुई वर्षमा केन्द्रले पठाएको १२ लाख के के मा खर्च भयो र त्यसको सबै लेखा प्रणालीलाई अध्ययन गरिरहेको जनाइएको छ । उनले भने–“२०७५ सालको मनकामना कप मात्रै नभई त्यो भन्दा अघिल्लो प्रतियोगिताको समेत छानविन हुनेछ, तत्कालिन अध्यक्षलाई समेत पत्राचार गर्नेबारे छलफल हुँदैछ ।”

एन्फा केन्द्रले गठन गरेको छानविन टोलीको संयोजकमा एन्फा केन्द्रका उपाध्यक्ष वीर बहादुर खडका रहेका छन भने सदस्यमा एन्फा कास्कीका पुर्व अध्यक्ष एवम अग्रज फुटबलकर्मी आनन्द रञ्जित र चाटर्ड एकाउन्टेन्ट विष्णु प्रसाद पराजुली रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close