दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा पुरस्कार राशीको घोषणा

पोखरा स्पोर्टस । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिभलअन्तर्गत गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता हुने ‘दोस्रो लुम्बिनी पिस म्याराथन’ को पुरस्कार राशीको घोषणा गरिएको छ ।

अप्रिल ६ मा (international day of sports for development and peace) दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको हो । लुम्बिनी पिस म्याराथन चैत्र २४ गते शनिबार हुने छ । फेस्टिभल भने २३ र २४ गते दुई दिन सञ्चालन हुनेछ । फेस्टिभलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ ।

त्यस दौडमा पुरुष म्याराथनसंगै हाफ म्याराथन महिला, ५ किलोमिटर खुला दौड पुरुष र महिला तथा ५ किलोमिटर स्कुल ब्वाइज र गर्ल्सको पनि प्रतिस्पर्धा हुनेछ ।

म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । त्यसमा पहिलो हुनेले ५ लाख, दोस्रो हुनेले ३ लाख  र तेस्रो हुनेले २ लाख रुपैंया नगद प्राप्त गर्नेछन् ।

यस्तै चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैंया हात पार्नेछन् । महिला हाफ म्याराथनतर्फ पहिलोले २ लाख, दोस्रोले १ लाख ६० हजार र तेस्रोले १ लाख २० हजार रुपैंया जित्नेछन् ।

५ किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैंया प्रदान गरिनेछ ।

यस्तै ५ किलोमिटर स्कुल ब्वाइज र गर्ल्समा पनि शीर्ष तीन स्थानमा आउनेलाई १५ हजार,१० हजार र पाँच हजार रुपैंयाको पुरस्कार व्यवस्था गरिएको छ ।

फेस्टिभल नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनिया राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी खेलकुद परिषदको आयोजनामा हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close