पुरुष ह्याण्डबलमा गण्डकी र आर्मी फाइनलमा (अपडेट)

महिला ह्याण्डबलः दुई विभागीय क्लब आर्मी, एपीएफ फाइनलमा

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ। गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ ।

त्यस्तै, पुरुष ह्याण्डबल फाइनलमा विभागीय आर्मीले स्थान बनाएको छ । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । उक्त खेलमा एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे ।

घरेलु गण्डकी र विभागीय आर्मीले शनिबार दिउँसो ४ बजे पुरुषतर्फको फाइनल खेल हुनेछ । त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ।

महिला ह्याण्डबलः दुई विभागीय क्लब आर्मी, एपीएफ फाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलमा दुई विभागीय आर्मी र एपीएफ फाइनल पुगेको छ। पोखरा रंगशालास्थित

बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ ले हराउँदै फाइनल पुगेको हो। एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन् ।

त्यस्तै आज नै भएको महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४–९ ले हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन् ।

विभागीय आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ । त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close