नवौं राष्ट्रिय खेलकुद : विभिन्न खेलका २३ इभेन्ट नहुने

पोखरा स्पोर्टस । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा विभिन्न खेलका २३  विभिन्न इभेन्टहरु नहुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ति खेलका इभेन्टहरुमा नियमतः ४ टिम नपुगे पछि खेलहरु नहुने भएका हुन् । इभेन्ट घटे संगै पदक तालिका समेत प्रभावित बन्न पुगेको छ । इभेन्ट नहुने मध्ये सबै भन्दा वढि आर्चरी खेलको छ । आर्चरीका ७ वटा इभेन्टहरुमा ४ टिमको सहभागिता नहुँदा खेल नहुने भएको जनाइएको छ ।

आर्चरीमा पुरुष कम्पाउण्ड टिम, मिक्स टिम कम्पाउण्ड, मिक्स टिम रिकर्भ, मिक्स टिम स्टाण्डर्ड, महिला कम्पाउण्ड टिम, महिला रिकर्भ टिम र महिला स्टाण्डर्ड टिमका खेलहरु नहुने भएका छन् । आर्चरीमा कुल १५ पदक बाट मात्रै ७ वटा स्वर्ण पदक घटेको छ । आर्चरीमा कुल १५ स्वर्ण पदकका लागि खेल हुने जनाइएको थियो । ७/७ वटा इभेन्ट घटे पछि यस विषयमा नेपाल आर्चरी संघले चासो देखाएको छ । “आर्चरीका केही इभेन्ट नहुने मात्रै हो” संघका सचिव योगेन्द्र शेरचनले भने–“राखेपले पठाएको सूचना कसरी आयो छक्क परेका छौं । हामी यस विषयमा छलफल गर्दैछौं । चाँडै नै हामी निष्कर्समा पुग्ने छौं ।” छलफल जारी रहेकोले अहिले नै केही भन्न नसकिने उनको भनाई थियो ।

यसै गरी प्याराग्लाइडिङ र स्विमिङको ३/३, जिम्न्याष्टिक, भारोत्तोलन र सुटिङको २/२, गल्फ, जुडो, सफ्ट टेनिस र स्क्वायसका १/१ इभेन्टहरुका खेलहरु नहुने भएका छन् । गल्फतर्फ महिला इन्डिभिजुयल, जिम्न्याष्टिक पुरुष पोमल हर्स (अल राउण्ड इभेन्ट), जिम्न्याष्टिक महिला भल्टिङ टेबल (अल राउण्ड इभेन्ट), जुडो मिक्स टिम इभेन्ट, प्याराग्लाइडिङ महिला एक्युरेसी र क्रसकन्ट्रि टिम इभेन्ट तथा महिला क्रसकन्ट्रि एकलका इभेन्टहरु नहुने जनाइएको छ ।

त्यसै गरी सुटिङ मिक्स टिम १० मिटर इएर पिस्तोल, १० मिटर इएर राइफल मिक्स पुरुष टिम, सफ्ट टेनिसतर्फ महिला टिम, स्क्वायसतर्फ महिला सिंगल्स, पौडीतर्फ महिला वटरफ्लाई २०० मिटर, महिला फ्रि स्टायल ४x२०० रिले, महिला ४०० मिटर मिडले, भारोत्तोलनतर्फ १०९ केजी तौल पुरुष र महिला ८७ केजी माथीका इभेन्टहरु नहुने जनाईएको छ ।

राखेपले गल्फ महिलातर्फ बागमती प्रदेशको सहभागिता रह्यो भने हुने जानकारी गराएको छ भने जिम्न्याष्टिकतर्फ समेत व्यक्तिगततर्फ इभेन्टहरु भए पछि मात्रै जानकारी हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close