पोखरामा तेश्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिसको तयारी सुरु

पोखरा स्पोर्टस । पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत्र २१ गतेबाट २५ गते सम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा कुल १४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने कास्की टेनिसका सचिब नविन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।

यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।

त्यस्तै यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेता तथा उपबिजेताले नगदसहित मेडल प्राप्त गर्ने सचिव श्रेष्ठले जानकारी दिए ।

जुनियर प्रतियोगिताले पोखरामा टेनिस खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै विद्यालयहरुलाई विद्यार्थीहरुलाई उक्त प्रतियोगिता अवलोकन गराउन कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले आग्रह गरेका छन् ।

उक्त प्रतियोगितालाई कास्की टेनिसका संरक्षक कुमार श्री मोहन बहादुर शाहीले आफ्नो नाती र नातीनीको नाउँमा विगत तीन वर्ष देखि मुख्य प्रायोजन गर्दै आएका छन् ।  प्रतियोगितामा करिव १ सय खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close