एनभिए भलिबल : रविको सानदार प्रदर्शनमा गण्डकी सेमीफाइनलमा

पोखरा स्पोर्टस । रवि केसीको सानदार प्रदर्शनमा गण्डकी प्रदेश आठौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न क्वाटरफाइनलमा आफ्नो चिरपरिचित प्रतिद्वन्ती विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

रोमाञ्चक खेलमा गण्डकीले पहिलो सेट २५–१७ ले सहज जित निकाल्दा दोस्रो सेट ३०–२८ तेस्रो सेट २५–२३ ले जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको छ ।

गण्डकीका रवि केसी केल्मी प्लेयर अफ दि म्याच घोषित भए । यो सहित उनी प्रतियोगितामा तेस्रो पटक प्लेयर अफ दि म्याच भएका हुन् । उनी खेल समापन संगै जापान प्रस्थान समेत गर्दैछन् ।

गण्डकीले सेमिफाइनलमा साविक विजेता तथा उपाधि दावेदार तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close