अन्तरनगर महिला कबड्डीमा तेस्रो भएको पोखरा महानगरको टोलीलाई स्वागत

पोखरा स्पोर्टस । अन्तरनगर महिला कबड्डीमा तेश्रो भएको पोखरा महानगरको टोलीलाई आइतबार स्वागत गरिएको छ ।

यहि फागुन २९ देखि चैत्र २ गते सम्म भक्तपुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा पोखरा महानगरले तेस्रो स्थान हात पारेको थियो ।

तेस्रो भएको पोखरा महानगर महिला कबड्डी टोलीलाई गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन प्रजापती, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, जिल्ला कबड्डी संघका अध्यक्ष हरि जिशी लगायतले बधाई दिंदै स्वागत गरेका थिए ।

तेस्रो भएको गण्डकीको टोलीले नगद ५० हजारसहति ट्रफी समेत हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close