ब्याडमिन्टन निर्णायकमा कृतन र मन्दिराको स्तरोन्नती

पोखरा स्पोर्टस । नेपाली ब्याडमिन्टनका निर्णायकद्वय कृतन खड्का र मन्दिरा न्यौपानेको ब्याडमिन्टन एशियाले स्तरोन्नती गरेको छ ।

ब्याडमिन्टन एशियाले कृतनलाई एक्रिडिटेड अम्पायरबाट सर्टिफाइड अम्पायर र मन्दिरालाई रिजनल अम्पायरबाट एक्रिडिटेड अम्पायरमा स्तरोन्नती गरेको हो ।

कृतनले चिनको निङ्गबो सहरमा २०८१ चैत्र २६ देखि ३१ (अप्रिल ८–१३, २०२५¬) सम्म आयोजना भएको ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२५ का दौरान ब्याडमिन्टन एशियाद्वारा लिएको निर्णायक परिक्षामा आफुलाई अब्बल कायम गर्दै सर्टिफाईड अम्पायरमा स्तरोन्नती गरेका हुन् । नेपालबाट कृतनका साथ दीपक थापा र ओम बिक्रम राना गरि तीन सर्टिफाईड अम्पायर भएका छन् ।

यस्तै नेपालमा आयोजना भएको दक्षिण एशियाली जुनियर च्याम्पियनसिपका दौरान भएको परिक्षा मार्फत रिजनल अम्पायरमा उत्तीर्ण भएकी सशस्त्र प्रहरी बलमा कार्यरत मन्दिराले आफुलाई अझ उचाईमा पुर्‍याउने क्रममा जुलाई २०२४ मा ईन्डोनेशियामा आयोजना भएको एशिया जुनियर च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एशियाले लिएको एक्रिडिटेड परिक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । उनी नेपालबाट एक्रिडिटेड अम्पायर हुने दोश्रो महिला हुन् ।

यस अघि बाँकेकी समन इकवालले उक्त परिक्षा उत्तीण गर्दै नेपालबाट पहिलो एक्रिडिटेड महिला ब्याडमिन्टन निर्णायकको रुपमा परिचय गराएकी थिईन् । नेपाल बाट मन्दिरा, ईकबाल र सुमित शाक्य गरी तीन एक्रिडिटेड अम्पायर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close