पोखरामा हुने ‘विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप’को सम्पूर्ण तयारी पुरा

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक संस्थाले एक प्रेश विज्ञप्तीमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । संस्थाका संस्थापक कार्यकारी निर्देशक विकास अधिकारीको स्मृतीमा आयोजना हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहने छ ।

को हुन् अधिकारी
स्वर्गिय विकास अधिकारी स्वयं एक अपाङ्गता भएका बुवा कोष विलास अधिकारीको दुख, कष्टलाई धेरै नजिकवाट नियाल्दै हुर्केका हुन् । यसैकारण उनले आफ्नो जीवनको मुख्य लक्ष्यनै अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा खुशी, आदर, सम्मान स्वाबलम्बी तथा पहिचानसहित समृद्धिको लागि समर्पित गरेका थिए । जस अन्तर्गत अपाङ्गता खेलकुदप्रति उनको उत्कृष्ट चाहनालाई पुरा गर्ने उदेश्यले यस विकास शिल्डको स्थापना गरिएको हो । स्वर्गीय अधिकारीले अपाङ्गताको क्षेत्रमा गरेको अविराम संघर्षमय यात्रा र उनले देखेको सपनालाई साकार पार्नका लागि छोडेको सकरात्मक सन्देश र समाजसेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप  विकास शिल्ड प्रत्येक २ वर्षमा विभिन्न राष्ट्रियस्तरको अपाङ्गता खेलकुद कार्यक्रमको आयोजना गर्ने संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले बताए । 

पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा फागुन २० र २१ गते सञ्चालन हुने प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले क्रमश नगद रु ५०, ४० र ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाणपत्र प्रदान गरिने कार्यक्रम ब्यवस्थापक हिमाल अर्यालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close