केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरणमा रमेश र प्रिया पहिलो स्थानमा

पोखरा स्पोर्टस । ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ ।

झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भएका छन् । पुरुष दौडमा रमेशले निर्धारीत दुरी ३ घन्टा ११ मिेनट ३४ सकेन्डमा पूरा गरे ।

सुजित जर्घा मगर ३ घन्टा २४ मिनेट ३२ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा ३ घन्टा २९ मिनेट २८ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरे । यसैगरी केभिआर स्टेज रेस च्यालेन्जकै दोस्रो चरणकी विजेता छोकी शेर्पा सात सकेन्डले पछाडि रहेर उपविजेतामा चित्त बुझाउन बाध्य भइन् ।

छोकीले चार घन्टा पाँच मिनेट ५९ सकेन्डमा दौड पूरा गरिन् । यसैगरी निर्मला राईले चार घन्टा २७ मिनेट २५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close