पोखरामा गण्डकीको पारा खेलकुद यहि असार १३ र १४ गते हुँदै

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय पारा खेलकुद यहि असार १३ र १४ गते पोखरामा हुने भएको छ ।

सो प्रतियोगिता अन्तर्गत विभिन्न ७ प्रकारका खेलहरु समावेश गरिएको प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिएका छन् । पोखरा स्पोर्टससंग कुरा गर्दै संयोजक बरालले हरेक वर्ष प्रदेश खेलकुद परिषदको प्रवर्द्धनमा प्रतियोगिता हुँदै आएको र यो वर्ष समेत सोको निरन्तरता रहेको बताए ।

प्रतियोगिता अन्तर्गत बहुअपङ्गता अन्तर्गत बोसिया, बौद्धिक अपाङ्गतातर्फ दौड, अटिजमतर्फ सफ्टबल र दौड, मनोसामाजिकतर्फ भलिबल, बहिरा अपाङ्गता तर्फ महिला/पुरूष व्याडमिन्टन, शारिरिक अपाङ्गतातर्फ ह्विलचियर टेबुल टेनिस (महिला) र बास्केटबल (पुरूष), दृष्टिविहिन तर्फ पुरुष क्रिकेट हुने संयोजक बरालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ७ सदस्यिय आयोजक समिति गठन गरिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ । परिषदका पूर्व सदस्य समेत रहेका बरालको संयोजकत्वमा गठित समितिको सदस्यमा रामनारायण श्रेष्ठ, भरत विक्रम बाँनिया, मुकुन्द लम्साल, गंगा देवी घर्ती, अर्जुन सुनार र नारायण अधिकारी रहेका छन् ।

प्रतियोगितामा बिजेता खेलाडी तथा टिमहरुलाई ट्रफी, नगद र तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिव ३ सय खेलाडीहरुको सहभागिता हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close