मञ्च वार्षिक योजना सहित अघि बढ्यो, एम्समा जाने बारे समेत छलफल

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपाल आफ्नो वार्षिक योजना सहित अगाडी बढ्ने भएको छ ।

मञ्चको शनिबार पोखरामा सम्पन्न पूर्ण बैठकले आगामी १६ औं सस्करणको पोखरा म्याराथनको तयारी लगायत पोखरा म्याराथनलाई विश्वका दौडहरु छाता संस्था एम्समा दर्ता गर्ने तयारीका लागि समेत छलफल गरेको हो । मञ्चले पोखरा म्याराथनलाई विश्वव्यापी बनाउन सन २०२४ मा दर्ता गर्न आफ्नो वेवसाइट र मोवाइल एप्सलाई सूचना प्रविधी मैत्री बनाउनेमा जोड दिइएको मञ्चका अध्यक्ष तथा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज गुरुङले बताएका छन ।

बैठकमा १६ औं सस्करणको पोखरा म्याराथनलाई भव्य बनाउने सँगै पुरस्कारको राशी समेत बढाउने विषयमा छलफल भएको अध्यक्ष गुरुङले जनाकारी दिएका छन । उनले भने–“हामी १६ औं सस्करणको तयारीलाई अझै भव्य बनाउन र अन्तर्राष्ट्रिय धावकहरु समेतलाई आकर्षण बढाउन पुरस्कार राशी थप्ने विषयमा गहन गहन छलफल भएको छ ।” वैठकले पोखरा म्याराथन सँगै आयोजना हुने महिला हाफ म्याराथन, १० किमि महिला–पुरुष दौड, छात्र–छात्रा ५ किमि दौड तथा दृष्टिविहिन र ह्विल चियर महिला पुरुष दौडलाई अझै परिस्कृत र भव्य बनाउने तयारीका बारेमा समेत छलफल भएको उनले बताए ।

मञ्चको सम्पन्न वैठकले अध्यक्ष गुरुङलाई गण्डकी प्रदेश खेलकूद परिषदको गरिमामय पदमा नियूक्त गरेकोमा गण्डकी प्रदेश सरकारलाई आभार व्यक्त गर्दै सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सम्पन्न वैठकमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिब खेम गुरुङ, सचिब कृष्ण तिमिल्सिना लगायत कार्यसमितीका सदस्यहरुले मञ्चको वार्षिक योजना तर्जुमा सँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मञ्चले यहि चैत्र १४ गते पोखरा म्याराथन अन्तर्गत सम्पन्न महिला–पुरुष १० किमी दौडमा सहभागी खेलाडी, सम्पूर्ण सहयोगीहरु तथा सञ्चारकर्मीहरुलाई आभार समेत व्यक्त गरेको छ ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close