पोखरामा तीन दिने तेक्वान्दो पुम्से रेफ्रि सेमीनार तथा रिफ्रेशर तालिम सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा तीन दिने तेक्वान्दो पुम्से रेफ्रि सेमीनार तथा रिफ्रेशर तालिम सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको संयोजनमा उक्त रेफ्रि सेमीनार तथा रिफ्रेशर तालिम सम्पन्न भएको हो । गण्डकी प्रदेशका तेक्वान्दो रेफ्रि लक्षित उक्त रेफ्रि सेमीनार तथा रिफ्रेशर तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद क्षेत्र अनुशासित, मर्यादित र पारदर्शीरुपमा अघि बढ्नु पर्ने बताए ।

रेफ्रि सेमीनार तथा रिफ्रेशर तालिमले प्रदेशको तेक्वान्दो खेलको विकास र उचित नतिजा दिन सक्षम हुने बताउँदै सदस्य सचिव शर्माले खेलकुद भित्र देखिएका विकृती र विसंगतीहरु समाप्त पार्न सबैको ध्यान जानुपर्ने उल्लेख गरे । उनले भने–“हामी सबै खेलकुद विकासको साझा अभियानमा छौं । यो अभियानलाई सार्थकता दिन खेलक्षेत्रले समाजलाई समेत एकजुट बनाउँदै अघि बढ्नु आजको आवश्यक्ता हो ।

तीन दिने प्रशिक्षण तथा रिफ्रेशर कोर्षमा गण्डकी प्रदेका ५ जिल्लाका ४३ जना रेफ्रिहरुको सहभागिता रहेको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले यो कार्यक्रमले गण्डकीमा हुने प्रतियोगिताहरुलाई अझै निश्पक्ष बनाउन भूमिका खेल्ने बताए । उनले भने–“यो एक महत्वपूर्ण तालिम हो । हामीले खेलाडी उत्पादन संगै प्राविधिक पक्षलाई समेत उत्तिकै बलियो बनाउँदै अघि बढ्नुछ ।”

सहभागिहरुलाई तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नोर्वु लामा र प्रशिक्षक बबलु सिवाकोटीले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close