पराजुलीलाई परिषदको सल्लाहकारको पत्र हस्तान्तरण

पोखरा स्पोर्टस । भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले सल्लाहकारको मनोनयन पत्र हस्तान्तरण गरेको छ ।

परिषदका सदस्य सचिव श्रीधर शर्माले परिषदको कार्यालयमा पराजुलीलाई पत्र हस्तान्तरण गरेका हुन् । परिषदको सम्पन्न सातौं बोर्ड बैठकले पराजुलीसहित ओलम्पियन टिका बोगोटीलाई प्रदेश खेलकुद विकास नियमावली–२०७८ को नियम ३(ज) बमोजिम सल्लाहकारमा मनोनयन गरेको थियो ।

पत्र हस्तान्तरण गर्दै सदस्य सचिब शर्माले मनोनित सल्लाहकारहरुबाट प्रदेश खेलकुद विकासको विकास र प्रवर्द्धनमा महत्वपूर्ण सहयोग हुने बताए । उनले भने–“हामीलाई उहाँहरुले खेलकुद विकासका लागि डोर्‍याउनु हुनेछ । म सल्लाहकारमा मनोनयन हुनु भएका दुबैजनालाई बधाई दिन चाहन्छु र उहाँहरुबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा समेत् गर्दछु ।”

यस्तै मनोनयन भएका सल्लाहकार पराजुलीले आफूले खेलकुद विकासका लागि सहयोग गर्न तयार रहेको बताए । उनले भने–“मलाई परिषदले सल्लाहकारमा मनोनयन गरेको छ । परिषदले म प्रती गरेको विश्वासको आधारलाई स्थापित गर्न प्रयासरत रहनेछु ।”

सल्लाहकारमा मनोनयन भएका पराजुली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत् हुन् । पूर्व अन्तर्राष्ट्रिय भलिबलका खेलाडी समेत् रहेका पराजुली नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार हुन् । यस्तै गोरखाका बोगोटी म्याराथन धावक हुन् । उनी सन १९८८ मा सिओल ओलम्पिकमा सहभागिता जनाएका थिए ।

पराजुली र बोगोटीसहित परिषदमा सल्लाहकारहरुको संख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close