पूर्व राष्ट्रिय फुटवल खेलाडी रुपक/नन्दाद्वारा सहारा एकेडेमीलाई सहयोग

पोखरा स्पोर्टस । पूर्व राष्ट्रिय फुटवल खेलाडी रुपक/नन्दा गुरुङले सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार सहयोग गरेका छन् ।

सहारा क्लब पोखराद्वारा स्थापित एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा उक्त रकम सहयोग गरेका हुन् । पोखरामा जारी २३ औं आहा ! रारा पोखरा गोल्डकपको अवसरमा गुरुङ दम्पतीले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका गुरुङ भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध थिए । पोखरा १५ लक्ष्मीटोल निवासी हाल बेलायतलाई कर्मथलोको रुपमा रोजेका छन् । क्लबले संचालन गरेको सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा थप टेवा पुग्ने विश्वासका साथ उक्त रकम सहयोग गरेको उनीहरुले बताएका छन् ।

बुधबार भएको २३ औं आहा ! रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनल खेलको क्रममा पूर्व राष्ट्रिय खेलाडी रुपक तथा नन्दा गुरुङले सो रकम बराबरको चेक क्लबका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

दाताद्वारा प्राप्त रकम उचित ढंगले एकेडेमीका बालकहरुको शिक्षा, दिक्षा तथा फुटवल खेलको लागि खर्च गरिने भएको सहारा क्लवका अध्यक्ष बरालले बताए । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना बालहरु छन् । नयाँ शैक्षिक शत्रमा तीस जना बालकहरुको सिट क्षमता अनुसार बाँकीलाई छनौट गरिने क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close