
पोखरा, १३ औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सम्पन्न आठ खेलमा भारतले सर्वाधिक पदक जितेको छ ।
पोखरामा सम्पन्न स्पर्धामा कुल १५१ पदक मध्ये भारतले सर्वाधिक १९ स्वर्ण तथा पाँच रजत र चार कास्य गरी कुल २८ पदक जित्न सफल भयो ।
भारतले भारत्तोलनमा नौ, व्याडमिन्टनमा छ ट्रायथोलनमा दुई तथा महिला फुटबल तथा पुरुष ह्याण्डबलमा एक/एक स्वर्ण जित्न सफल भयो ।
बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको छ । आर्चरीमा १० भारत्तोलनमा दुई र महिला क्रिकेटमा बङ्गलादेशले एक स्वर्ण जितेको छ ।
त्यसैगरि श्रीलङ्काले छ स्वर्ण २३ रजत र आठ कास्य गरी ३७ तथा पाकिस्तानले छ स्वर्ण दुई रजत र छ कास्य गरी १४ पदक जितेको छ । त्यसैगरि प्रतियोगितामा नेपालले चार स्वर्ण सहित कुल ३४ पदक जित्न सफल भएको छ । नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई/दुई स्वर्ण पदक जितेको हो ।
नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन/तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा एक/एक गरी नौ रजत पदक जित्न सफल भयो ।
त्यसैगरि भारत्तोलनमा ११, व्याडमिन्टनमा पाँच, आर्चरीमा दुई, महिला क्रिकेट, ट्रायथोलन र बिच भलिबलमा एक÷एक गरी २१ कास्य पदक जितेको छ । पाकिस्तानले भारत्तोलनमा पाँच तथा महिला ह्याण्डबलमा एक स्वर्ण जितेको हो ।
भूटानले आर्चरीमा पाँच रजत र तीन कास्य तथा भारत्तोलनमा एक कास्य गरी जम्मा नौ पदक जितेको छ । माल्दिभ्सले महिला फुबटलमा एक कास्य पदकमात्र जित्न सफल भयो ।
प्रतियोगितामा भारत्तोलनमा ६०, आर्चरीमा ३०, व्याडमिन्टनमा २८, ट्रायथोलन १५, विच भलिबल र ह्याण्डबलमा छ/छ, महिला क्रिकेट र महिला फुटलबमा तीन/तीन गरी कुल १५१ पदकका लागि नेपाल सहित सात राष्ट्रबीच स्पर्धा भएको थियो ।
