थ्रीस्टार छैटौं पटक आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक

पोखरा स्पोर्टस । थ्रीस्टार यूथ क्लब काठमाण्डौं छैटौं पटक आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ ।

पोखरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारको जितमा दिपेश घलेको गोल निर्णायक बन्यो । उनले ७८ औं मिनेटमा उनले दिपेश आलेमगरको पासमा बललाई गोलको दिशा देखाए । उनी खेलको ६६ औं मिनेटमा आदित्य शाक्यलाई स्थान्तरण गर्दै मैदान प्रवेश गरेका थिए ।

थ्रीस्टार आहा रारा पोखरा गोल्डकपको ५ पटक उपाधि जितेको छ । थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा आहाराराको उपाधि जितेको छ ।

थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । बिहिबारको अन्तिम सेमिफाइनलमा चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।
तस्बिर : एनपिजे कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close