
केशब पाठक
पोखरा,
नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा थप तिन खेलहरु हुने सदस्य सचिब सिलवालले बताएका छन ।

पोखरामा आइतबार सञ्चारकर्मीहरु संग कुरा गर्दै साग अन्तरगत तिन खेलहरु थपिने सम्भावना भएको बताएका हुन । तिन खेलहरु थपिने भएपछि साग अन्तरगत अब पोखरामा १० खेल हुने भएका छन ।

हिजो शनिवार पोखरामा नेपाली क्रिकेट टोलीका टिम कप्तान पारस खडका सहित प्राविधिकहरुको टोली संग सदस्य सचिब सिलवालले पोखरा रंगशालाको क्रिकेट मैदान निरिक्षण गरे पछि पोखरामा महिला क्रिकेटको सम्भावना बढेको बताएका हुन ।
आफ्ना प्राविधिकहरुलाई १० दिन अघिनै यसका लागि पोखरा पठाएर काम थालिसकेको जानकारी दिंदै सदस्य सचिब सिलवालले अब डिपिआर सकेर टेण्डर गरिने बताए । ‘यो कुनै अप्ठ्यारो काम होइन केवल प्रतिवद्धता खाँचो हो त्यो हामी संग छ’ उनले भने । सबै कामका लागि बजेट छुट्टिइसकेको र अब भनिएको र तोकिएको कामका लागि बजेट आउने क्रममा रहेको उनले बताए ।
साग खेलका सबै पूर्वाद्धारका कामहरु तिव्र गतिमा भइरहेको जानकारी दिंदै सदस्य सचिब सिलवालले खेलाडीका लागि प्रशिक्षण लगाएतका कुरामा समेत परिषदले कुनै कञ्जुसाई नगरेको दावी गरे । उनले साग हुन नदिन चलखेल सुरु भएको हो र ? भन्ने प्रश्नमा हाँस्दै भने–‘चलखेल गरे मैले गर्ने हो, मैले गरेको छैन अन्य ठाउँ बाट त्यस्तो भएको थाहा पाएको छैन ।’
तस्विरः सुदर्शन रंजित

राम्रो काम