
काठमाडौं सम्वाददाता । रमेश पौडेलको अध्यक्षतामा ५ सय ५१ सदस्यीय नेपाल खेलकुद महासंघ (नेकोस) केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको छ ।

भृकुटिमण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको नेकोसको राष्ट्रिय कार्यकर्ता भेलाले कार्यसमिति गठन गरेको हो । केन्द्रीय कार्यसमितिको अध्यक्षमा रमेश पौडेल तथा महासचिवमा मेघराज पौडेल महासचिव रहने गरी ५ सय ५१ कार्यसमिति गठन गरिएको छ ।

भेलाको पूर्व मन्त्री कर्णबहादुर थापा र नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेज गुरुङ, राखेप कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्यहरु रिम रानाभाट, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्णा श्रेष्ठ, मान्देव हजार, पुरेन्द्रविक्रम लाखे, रेणुका श्रेष्ठ, इन्दिरा निरौलालगायतको उपस्थिति रहेको थियो ।
